पर्सा। सुधिर कुमार पडीत। बिकासको कुरा गर्दा यातायात अथवा सडक एउटा प्रमुख पुर्बाधार हो। किन कि मानिसको दैनिकिमा बस्तु आयात र निर्यात गर्न सडक र यातायात अपरिहार्य हुन्छ। तर दुई पक्षीय सहमति र वैदेशिक नीतिका प्रक्रियाका कारण दिनहुँ हजारौं यात्रुहरू यात्रा गर्न र किनमेल गर्नका लागि धेरै दु:ख भोगने गरेका छन।
कुरा हो एउटा पुलको जुन भारतको भेलाही/मुसहरवा र नेपालको प्रसौनी भाठाको (बिनदवासिनी गा.पा.,पर्सा) बिचमा अवस्थित छ। उक्त भत्केको पुलको अवस्थिती दशगजा क्षेत्रभित्र पर्द्छ। जुन २०५९/६० मा बाढीको कारणले भत्केको थियो।
भारत बिहारको भेलाही बजारमा नेपालको पर्सा जिल्ला भरिकै र अन्य ठाउबाट पनि हजारौं मानिसहरु दिनहुुँ किनमेल गर्न जाने गरेका छन । बिहार र नेपालको बेटिरोटिको सम्बन्ध भएकोले पनि आफ्ना संबंधित नातेदार कहाँ जाने आउने क्रम चलिरहेको हुन्छ। तर उक्त पुल बिगत १६/१७ बर्ष देखि भत्केको र हाल यस बाटोको अवस्था एकदमै खराब भएको कारणले गर्दा यात्रीहरु दुख भोग्न बाध्य छन। पैदल यात्री, साइकल, मोटरसाइकल लगायत सबै किसिमको सवारी चल्न गाह्रो भएको छ।
उक्त सडकको समस्या तत्काल समाधान गर्न खोजिएको भए तापनि दुई देशिय नितिले सजिलै र छिट्टै गर्न सकिएको छैन।यस्मा सम्बन्धित निकायको धयान आकर्षक हुनुपर्ने देखिन्छ ।