• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ओलाङचुङगाेला लोकमार्गको निर्माण दुवैतर्फबाट अघि बढ्यो

  • वीरगंज संजाल
  • २५ आश्विन २०७६, शनिबार १४:४१
  • ३३३७

    ताप्लेजुङ, २५ असाेज । ताप्लेजुङको ओलाङचुङगाेला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङगाेला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट निर्माण कार्य अघि बढाएको हो ।

    गत असोज १२ गतेदेखि चीनको तिब्बतबाट भाडामा ल्याइएका चार वटा मेसिनमार्फत ओलाङचुङगाेला बस्तीदेखि लेलेपतर्फको भागमा झण्डै डेढ किलोमिटर ट्र्याक खोलिसकिएको छ । एलाइटले फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरी तिब्बतबाट मेसिन औजारसहित जनशक्ति भाडामा ल्याएर काम अघि बढाएको हो ।

    यता सदरमुकाम तर्फबाट लेलेपको लुङथुङसम्म ट्र्याक खोलिसकिएको छ भने दशैँ बिदामा निस्किएका कामदारसमेत फर्किएर काम शुरु गर्ने तयारीमा रहेको एलाइट कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिनुभयो । पाँच वटा ठूला मेसिन लगाएर काम गरिरहेको उहाँको भनाइ छ । लामिछानेका अनुसार दुवैतर्फबाट काम अघि बढेकाले एक वर्षभित्रै ओलाङचुङ्गोला सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिनेछ । जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम भइरहे पनि भौगोलिकरूपले कठिनाइ र स्थानीयको अवरोध आदिले ढिलाइ भइरहेको लामिछानेको भनाइ छ । अब झण्डै २० किलोमिटर ट्र्याक खोल्न बाँकी छ ।

    उता दुई वर्षअघि नै चीनको तिब्बतबाट ओलाङचुङ्गोला बस्तीसम्म ट्र्याक खुलिसकेको छ । स्थानीयको समेत लगानी रहेको टिपतालादेखि ओलाङचुङ्गोला बस्तीसम्मको झण्डै २१ किलोमिटरको ट्र्याक खोल्न झण्डै रु तीन करोड लागेको थियो । सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने ओलाङचुङ्गोलामा हाल बसोबास गरिरहेका र यहाँ जन्मिएर देश तथा विदेशमा रहेकाले पैसा जम्मा गरी बाटो खनाएका थिए । चाँडै गाडी चढ्ने सपनासहित आफैँ लगानी गरेर सडक खनाएका स्थानीय सर्वसाधारणले भने उक्त सडकमा अझै गाडी चढ्न पाएका छैनन् ।

    छोटो दूरीमा नै प्रदेश नं १ लाई दुई छिमेकी मुलुक चीन र भारतसँग जोड्ने रणनीतिक महत्वको सडक भए पनि निर्माण कार्य भने कछुवाको गतिमा रहेको भन्दै स्थानीयवासीले गुनासो गर्ने गरेका छन् । पूर्वको समृद्धिसँग जोडिएको यो सडकलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउनु पर्नेमा स्थानीयवासीको जोड छ ।

    छिमेकी मुलुक भारत र चीनलाई १४ वटा सडक सञ्जालले जोड्ने सरकारको योजनाअनुसार लोकमार्गको ट्र्याक खोल्ने काम शुरु भएको थियो । तर पर्याप्त बजेट विनियोजन नहुँदा निर्माणले गति लिन नसकेको बताइएको छ । यो सडक निर्माण पूरा भए ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैँची, चिराइतोलगायतका जडीबुटी चीन र भारत निर्यातमा सहज हुने स्थानीय व्यवसायीहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑