काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ०.३९ अंकले घटेर एक हजार एक सय ४९.०१ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि ०.०४ अंकले घटेर २ सय ५१.९५ अंकमा पुगेको छ ।
आज बजारमा कारोबारमा आएका १२१ कम्पनीका २ लाख ३२ हजार ६१९ कित्ता सेयर ६ करोड ३८ लाख ४५ हजार ४११ रुपैयाँमा कारोबार भए । नेप्से घटेको दिन बजारमा कारोबारमा आएका ११ वटा समूहगत उपसूचकमध्ये ६ समूह उकालो लागे भने बाँकी ५ समूह ओरालो लागे । निर्जीवन बिमा समूह सर्वाधिक ७.४२ अंकले उकालो लाग्यो भने जीवन बिमा समूह सर्वाधिक ४५.१३ अंकले ओरालो लाग्यो ।
आज बजारमा प्रभु बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर २ करोड ५५ लाख ५ हजार ४ सय २६ रुपैयाँमा कारोबार भएको हो । गुडविल फाइनन्स्का लगानीकर्ताले सर्वाधिक ७.६९ प्रतिशतले बढेको हो । त्यसैगरी, नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्वाधिक ३.६३ प्रतिशत सेयर मूल्य गुमाए ।