बंगलादेशमा सरकारको विरोध गर्ने छात्रको कुटेर हत्या
वीरगंज संजाल
२३ आश्विन २०७६, बिहीबार १४:५२
३०३३
ढाका । बंगलादेशको ढाकास्थित बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ् (बुएट) मा अन्डरग्राजुएसनका छात्र अबरार फहदको सोमबार कुटेर हत्या भएको छ । छात्रवासमा बस्ने उनको कुटेर हत्या भएको बताइएको छ । प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार फहदले सरकारको आलोचना गरेर अनलाइन पोस्ट गरेका थिए ।
त्यसपछि आइतबार उनलाई केही घण्टासम्म कुटपिट भएको थियो । त्यसको केही बेरमा नै उनको मृत्यु भएको थियो । २१ वर्षीय फहदको शव पोस्टमार्टम गर्ने चिकित्सकले बीबीसीलाई बताए अनुसार उनको शरीरमा चोटको गहिरो निशान पाइएको थियो ।
आवामी लिगको पार्टी युवा संगठन बंगलादेश छात्र लीग (बीसीएल)का कैयौं सदस्यलाई यो हत्याको मामिलालाई लिएर हिरासतमा लिइएको छ । बीसीएल कार्यकर्तामाथि छात्रलाई उत्पीडन र अत्याचारको आरोप लगाइएको छ । सीसीटिभी फुटेजमा फहदको हत्यापछि उनको शव उठाएर लगेको पाइएको छ ।