• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दसैँ : धनीलाई खासा, गरिबलाई दशा, जनजातिलाई दुर्दशा !

  • वीरगंज संजाल
  • २२ आश्विन २०७६, बुधबार ०९:०८
  • ४४५५

    हिन्दु धर्मावलम्बीले सालिन्दा आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैँ मनाउँछन् । हिजोआज तीनथरीका दसैँ मनाइन्छन् । पहिलो गाउँको दसैँ । दोस्रो बजारको दसैँ । र, तेस्रो सहरको दसैँ ।

    ‘बजारको दसैँ सुनसान हुन्छ । किनभने यतिबेला खासै व्यापार–व्यवसाय चल्दैन । बरु सबैभन्दा पहिले बजारमा दसैँ आइपुग्छ । हामी दसैँका लागि किनमेल गरेर गाउँसम्म दसैँ पुर्‍याउँछौं । गाउँमा दसैँ आइपुग्दा बजारबाट बिदा भइसकेको हुन्छ,’ मुन्धुम अध्येता भोगीराज चाम्लिङ भन्छन्, ‘सहरको दसैँ भने बडो अचम्मको हुन्छ । लामो बिदा दिइने भएकाले सहरमा बसेका मान्छेलाई दसैँ गाउँ फर्काउने अवसर बन्छ । अनि अर्को कुराचाहिँ सहरमा बाह्रै महिना ‘खाने, पिउने, लगाउने’ काम हुने भएकाले दसैँ खास नयाँ लाग्दैन । त्यसैले दसैँमा सहरका मान्छे घुम्न जान्छन्, जुवाका अखडा खडा गर्छन् । सहरमा दसैँलाई पूरै नशा लागेको हुन्छ । त्यो नशाबारे भनिरहनुपर्दैन ।’

    सहरको दसैँ भने बडो अचम्मको हुन्छ । लामो बिदा दिइने भएकाले सहरमा बसेका मान्छेलाई दसैँ गाउँ फर्काउने अवसर बन्छ । अनि अर्को कुराचाहिँ सहरमा बाह्रै महिना ‘खाने, पिउने, लगाउने’ काम हुने भएकाले दसैँ खास नयाँ लाग्दैन । त्यसैले दसैँमा सहरका मान्छे घुम्न जान्छन्, जुवाका अखडा खडा गर्छन् । सहरमा दसैँलाई पूरै नशा लागेको हुन्छ । त्यो नशाबारे भनिरहनुपर्दैन ।

    गाउँ, बजार र सहरको दसैँको विशेषता प्रस्टै छ । दसैँबारे धेरैले धेरै तरिकाले अर्थ्याएका छन् । ‘दसैँ हत्या, हिंसाको चाड हो,’ डा. ओम गुरुङको बुझाइ छ, ‘दसैँलाई मिहिन ढंगले नियाल्ने हो भने हिंस्रक चाडलाई माध्यम बनाएर हत्या हिंसाको प्रचार गरिन्छ । दसैँले त्यस कार्यलाई वैधता दिएको छ ।’ देवीदेवताका नाममा दसैँमा पशुबलि दिइनुले डा. गुरुङको भनाइ पुष्टि गर्छ ।

    मुलुक धर्मनिरपेक्ष भए पनि दसैँलाई राष्ट्रिय चाडका रूपमा मान्यता दिइएको छ । दसैँ बिदा र सुविधाले त्यसको पक्षपोषण गरेकै छ । धर्मनिरपेक्ष मुलुकका सबै धर्मावलम्बीले दसैँ मनाउँदैनन् । सबैले नमनाउने भएकाले दसैँ राष्ट्रिय चाड होइन भन्नेको आवाज नसुनिएको होइन । ‘दसैँ असमानताको चाड हो,’ डा. गुरुङले थपे, ‘दसैँमा ठूलाबाट सानाले टीका, जमरा लगाउने, आशिष थाप्ने गरिन्छ । यसले ठूला र सानाबीच विभेद गरेकै छ ।’

    राष्ट्रिय चाड भन्दैमा १५ दिनसम्म दसैँ मनाउँदा आर्थिक भार पर्ने नै भयो । आर्थिक भार बेहोर्दै दसैँ मनाउँदाको पीडा खनिखोस्री साध्य छैन । तसर्थ, दसैँ पनि एक दिनमात्रै मनाउने गर्नुपर्छ भन्ने आवाज सुनिन थालिएको छ । ‘दसैँले दलितलाई भलो होइन, कुभलो गरेको छ,’ साहित्यकार आहुतिको भनाइ छ, ‘त्यतिमात्रै होइन, दसैँ हिन्दु धर्म, दैवीशक्ति र अन्धता जागृत गर्ने चाड हो ।’

    मुलुक धर्मनिरपेक्ष भए पनि दसैँलाई राष्ट्रिय चाडका रूपमा मान्यता दिइएको छ । दसैँ बिदा र सुविधाले त्यसको पक्षपोषण गरेकै छ । धर्मनिरपेक्ष मुलुकका सबै धर्मावलम्बीले दसैँ मनाउँदैनन् । सबैले नमनाउने भएकाले दसैँ राष्ट्रिय चाड होइन भन्नेको आवाज नसुनिएको होइन ।

    साहित्यकार आहुति पनि डा. ओम गुरुङसँग सहमत छन् । उनको बुझाइ छ, ‘दसैँले हिंसात्मक मनोविज्ञानलाई बढवा दिएको छ । दसैँ गैरहिन्दुलाई हिन्दुकरण गर्ने र जनजातिको मौलिकतालाई हस्तक्षेप गर्ने हतियार हो ।’

    ‘दसैँ क्षेत्रीयको ठूलो चाड हो । शासक वर्गलाई क्षेत्रीय भनिन्छ,’ राजनीतिक विश्लेषक सीके लालको ठम्याइ छ, ‘मधेसतिर पनि देखासिकीको दसैँ व्याप्त हुँदै गएमा बलिप्रथा जन्माउने जंगी मनोवृत्ति फैलँदै जानेछ ।’ राजनीतिक विश्लेषक लालका अनुसार, असोज–कात्तिकतिर बाली भित्र्याउन जुट्नुपर्ने भएकाले मधेसमा दसैँको रौनक त्यति देखिँदैन ।

    महिलाका दसैँ त्यत्तिकै चर्को छ । ‘महिलाको व्यक्तित्वको विकासका लागि दसैँ साधक होइन, बाधक हो,’ त्रिभुवन विश्वविद्यालय पूर्वशिक्षाध्यक्ष सुधा त्रिपाठी भन्छिन्, ‘एकातिर नवदुर्गाका रूपमा कन्याको पूजा गरेर महिलाको सम्मान गरिन्छ, अर्कोतिर दसैँमा घरायसी जिम्मेवारीमा थिचिएर महिला थिल्थिलो हुन्छन् । दसैँ भन्नासाथ खानपानसँग जोडिन्छ । खानपानको सम्बन्ध महिलासँग जोडिने भएकाले महिलाको दसैँ सुखद मानिँदैन ।’

    डा. कृष्ण भट्टचनका अनुसार, धनी हिन्दु धर्मावलम्बीलाई दसैँ खासा, गरिब धर्मावलम्बीलाई दशा र जनजातिलाई दुर्दशाको चाड हो । डा. भट्टचन दुःखेसो पोख्छन्, ‘हिन्दु धर्मावलम्बीको चाड दसैँ अन्य धर्मावलम्बली पनि जबरजस्ती मानिदिनुपर्ने तर हिन्दु धर्मावलम्बीले अन्य धर्मावलम्बीको चाड मान्नु नपर्ने ? यो त अन्याय होइन र ?’

    धनी हिन्दु धर्मावलम्बीलाई दसैँ खासा, गरिब धर्मावलम्बीलाई दशा र जनजातिलाई दुर्दशाको चाड हो । डा. भट्टचन दुःखेसो पोख्छन्, ‘हिन्दु धर्मावलम्बीको चाड दसैँ अन्य धर्मावलम्बली पनि जबरजस्ती मानिदिनुपर्ने तर हिन्दु धर्मावलम्बीले अन्य धर्मावलम्बीको चाड मान्नु नपर्ने ? यो त अन्याय होइन र ?’

    त्यसैले होला नेता सुरेश आलेमगरले दसैँलाई ‘राजनीतिक चाड’ भनेर अर्थ्याएका छन् ।

    दसैँको संरक्षण र सम्बद्र्धन हिन्दु दर्शनबाट भएको छ । नेता हीरामणि दुःखीको दाबी छ, ‘दसैँले वैज्ञानिक चेतना दिनुको साटो आध्यात्मिक रूढी थोपर्दै सामन्तवाद मौलाउँछ ।’ दसैँसम्बन्धी पौराणिक किंवदन्तीले वैज्ञानिकता र सत्यता पुष्टि गर्ने आधार नभएको उनले औंल्याए ।

    धार्मिक कारणले भारत विभाजित भई बंगलादेश, पाकिस्तान र श्रीलंका भएको हो भनेर टिप्पणी गर्ने गरिन्छ । तर, नेपालमा भने एकले अर्को धर्मावलम्बी सम्मान गरेकै छन् । गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    News

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑