पर्सामा दुइको झुण्डीएर मुत्यु एक को शव मृत अवस्थामा फेला
वीरगंज संजाल
२१ आश्विन २०७६, मंगलवार १०:३६
३७५१
मिति २०७६।०६।२० गते अ.१२:३० बजेको समयमा जि.पर्सा बीरगंज महानगरपालिका वडा नं.५ कुमाल टोल बस्ने बिध्यालक्ष्मी साक्यको घरमा डेरा गरी बस्ने आश नारायण प्रसाद कलवारको छोरा अन्दाज बर्ष १८ को राकेश प्रसाद कलवारले आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा साडीको पासो लगाई झुण्डी मुत्यु भएको छ,भन्ने खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय, पर्सा बाट प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाश पो.मा.को लागी नारायणी अस्पतालमा पठाई थप अनुसन्धान कार्य भइरहेको भनी जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ।
यसरी नै झुण्डी मुत्यु
मिति २०७६।०६।२० गते अ.६:०० बजेको समयमा जिल्ला पर्सा धोविनी गा.पा.वडा नं.२ भिखमपुर बस्ने वकिल मिया धोवीको छोरा अ.वर्ष ३५ को अनवर मिया धोवीले ऐ.वडा नं.१ पिपरा स्थित महमद मुस्तुफा अंसारीको बैठक घरको बाँसको बलोमा गम्छाको पासो लागाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटि गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाश पो.मा.को लागी नारायणी अस्पतालमा पठाईएकोमा पो.मा.पश्चात लाश निजको आफन्तले बुझी लगेको थप अनुसन्धान कार्य भइरहेको जानकारी प्राप्त भएको छ ।
तेस्तै मृत अवस्थामा फेला
मिति २०७६।०६।२० गते ११:०० बजे जिल्ला पर्सा पोखरीया नगरपालिका वडा न. ५ सतबरीया बस्ने महमद गनी अन्सारीको छोरा बर्ष १३ को मेराज भन्ने अब्दुल्लाह अन्सारी हराई रहेकोमा खोज तलाश गर्दै जाने क्रममा सोही स्थान बस्ने जवाहिर साह कानुको माछा पोखरीमा ऐ.१७:३० बजे मृत अवस्थामा फेला परेको छ भन्ने खबर १८:३० बजे ईलाका प्रहरी कार्यालय पोखरियामा प्राप्त हुना साथ प्र.नि.को कमाण्डमा प्रहरी टोली खटि गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाश पो.मा.को लागी नारायणी अस्पतालमा पठाई थप अनुसन्धान कार्य भइरहेको जानकारि प्राप्त भएको छ ।