काठमाडौं । दसैंको सुरुवात भएसँगै संघीय राजधानी काठमाडौंबाट दिनप्रतिदिन मानिसहरुको आफ्नो जन्मस्थल फर्किने क्रम अझै जारी रहेको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजनाले सार्वजनिक गरेको तथ्यांकअनुसार दसैँ मनाउन कम्तीमा २३ लाख ८४ हजार ९ सय ३१ जना यात्रु काठमाडौँबाट बाहिरिएका छन् ।
यसैक्रममा बिहान सबेरैदेखि व्यस्त रहने काठमाडौंको सडकहरुमा चार पाङ्ग्रे तथा दुईपाङ्ग्रे साधनहरुको संख्यामा दिनहुँ कम हुँदै गएको छ । त्यस्तै मूख्य व्यापारिक क्षेत्रहरुका घरका सटरहरु पुरै बन्द अवस्थामा रहेका छन् ।