• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    नेपाल र चीनबीचको ऊर्जा समझदारीः लगानी र सहकार्यको क्षेत्र

  • वीरगंज संजाल
  • २० आश्विन २०७६, सोमबार १८:३६
  • ६५७

    Shares

    काठमाडौं । नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई जोड्ने नयाँ आयाम समयक्रमसँगै थपिँदै गएका छन् । करीब दुई दशकपछि चिनियाँ उच्च राजनीतिक नेतृत्व नेपाल भ्रमणमा आउन लागेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले यही असोजको अन्तिम साता गर्न लागेको नेपाल भ्रमणलाई राजनीतिक तथा कूटनीतिक क्षेत्रमा पनि महत्वपूर्ण मानिएको छ । यसका अलावा दुई देशबीच आर्थिक, सांस्कृतिक तथा वाणिज्य क्षेत्रमा थप मार्ग प्रशस्त हुने विश्वास गरिएको छ ।

    सुखदुःखको भरपर्दो मित्रका रुपमा चीनले नेपाललाई सधैँ सहयोग गर्दै आएको छ । यही सन्दर्भमा नेपाल र चीनबीच आर्थिक विकासका लागि यसअघि महत्वपूर्ण सम्झौता भएका छन् । त्यसलाई क्रमशः कार्यान्वयनको चरणमा लगिएको छ । सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणका क्रममा दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यका साथ समझदारी भएको हो ।

    सोही समझदारीअनुसार नै नेपाल र चीनका ऊर्जा सचिवस्तरमा एक संयन्त्र गठन भएको छ । चीनसँग भएको ऊर्जा आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौताअनुसार नेपाल र चीनबीच गठन भएको द्विपक्षीय समितिले आफ्नो कामसमेत शुरु गरिसकेको छ ।

    दुई देशको बीचमा ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता भएको छ । नेपालका निर्माणाधीन तथा निर्माणमा जाने तयारीमा रहेका दुई दर्जनभन्दा बढी प्रसारण लाइन तथा जलविद्युत् आयोजनामा चिनियाँ लगानीकर्ता र निर्माण व्यवसायीले काम गरिरहेका छन् ।

    हालसम्मकै सबैभन्दा ठूलो आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । आगामी चैतभित्र पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा छ । सोही कम्पनीले तनहुँ जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजनामा समेत काम गरिरहेको छ ।

    यस्तै नुवाकोट–काठमाडौँ २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरेर चिनियाँ निर्माण व्यवसायीले त्रिशूली करिडोरको विद्युत् राजधानी ल्याउन सहज बनाइदिएको छ ।

    यस्तै रसुवागढी जलविद्युत् आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन ९सिडब्लुई०ले काम गरिरहेको छ ।

    यस्तै रणनीतिक महत्वका प्रसारण लाइन निर्माणमा समेत चिनियाँ निर्माण व्यवसायीले काम गरिरहेका छन् । समितिमा नेपाल र चीनका तर्फबाट समान हैसियतमा सहअध्यक्ष रहने व्यवस्था गरिएको छ । सहमतिअनुसार दुई देशबीच ऊर्जा सहकार्य, सहयोग आदानप्रदान तथा लगानीसम्बन्धी विषयमा भएका प्रगति र भावी कार्यदिशासमेत तय गरिएको छ ।

    यस्तै लगानीका अवसर तथा आवश्यकताका आधारमा सरकारी तथा निजी क्षेत्रसँग मिलेर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानीको वातावरण तयार पार्न संयन्त्र क्रियाशील छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने  लक्ष्यसाथ सरकारले चीन, भारत, बङ्गलादेश र अष्ट्रियासँग द्विपक्षीय सम्झौता गरिसकेको छ ।

    नेपाल र चीनबीचको सहमतिका आधारमा संयुक्त समितिले प्रक्रियागत काम शुरु गरेको छ । नेपाल र चीनबीच निर्माण हुने त्रिशूली–गल्छी, रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणको काम अगाडि बढिरहेको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइन निर्माणका विषयमा सरकारी निकाय र चिनियाँ अधिकारीबीच द्विपक्षीय तथा बहुपक्षीय छलफल भइरहेकामा छिट्टै निष्कर्षमा पुर्याउने तयारी गरिएको छ । सो प्रसारण लाइनको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार नेपालको ऊर्जा क्षेत्रमा लगानीकर्तालाई लगानीका लागि आग्रह गरिएको छ । सोही क्रममा चिनियाँ कम्पनीले पनि नेपालमा लगानी गरिरहेका छन् । कोही बोलपत्रको प्रक्रियाबाट छानिएर निर्माणमा सहभागी भएका छन् । विश्वव्यापी रुपमा नै भौतिक पूर्वाधार निर्माणमा नाम कमाएको चिनियाँ निर्माण व्यवसायीले नेपालमा प्रविधि र ज्ञानको समेत विस्तार गरेका छन् । त्यसबाट नेपाली निर्माण व्यवसायी तथा कामदारसमेत दक्ष हुन पुगेका छन् ।

    नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरको खोजी गर्ने र सरकारले अगाडि सारेको आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गराउन सबै खालका उपायको खोजी गरिराखिएको मन्त्री पुनले बताउँदै आएका छन् ।

    नेपालले चीनका अलावा भारत, बङ्गलादेश र अष्ट्रियासँग ऊर्जा क्षेत्रमा सहकार्यका लागि गठन गरेको संयन्त्रले लगानीका विविध आयामका बारेमा छलफल मात्रै गरेको छैन, लगानीको मार्ग प्रशस्तसमेत गरेको छ । सम्पर्क सञ्जालको विविध आयाम खोज्ने क्रममा प्रसारण लाइन महत्वपूर्ण संयन्त्रका रुपमा रहेको छ ।

    यस्तै सरकारी स्तरमा मात्र नभई निजी क्षेत्रसँग पनि चिनियाँ लगानीकर्ताले काम गरिरहेका छन् । त्यसबाट दुई देशबीचको सम्बन्ध अझै विस्तार भएर गएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा ऊर्जा क्षेत्रमा समेत महत्वपूर्ण सहकार्यको मार्ग प्रशस्त हुने विश्वास गरिएको छ ।
    – रमेश लम्साल (रासस)

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतवार- ११ माघ २०७७ को राशिफल
  • विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल
  • हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द
  • २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आँखा पोल्ने वा दुख्ने समस्या छ? अपनाउनुस् यस्ता उपाय

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    समाचार
    News

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    News

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    News

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    News

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    News

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑