• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    २०६५ साल मै ‘ट्र्याक’ खोलिएकाे बाटोकाे निर्माण अलपत्र

  • वीरगंज संजाल
  • २० आश्विन २०७६, सोमबार १३:३६
  • ६६९

    Shares

    पूर्वी नवलपरासी | पूर्वी नवलपरासी जिल्लाको त्रिवेणीदेखि दुम्किबास जोड्ने सडकखण्डको २०६५ साल मै ‘ट्र्याक’ खोलिए पनि सो लगत्तै सडकखण्ड निर्माणकार्य अलपत्र परेको छ ।

    प्रदेश नं. ४ अन्तर्गत पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. १ दुम्किबास र वडा नं. ६ त्रिवेणी जोड्ने करीब सात किलोमिटरको सडकखण्डको २०६५ सालमा ट्र्याक खोलिएको थियो । यद्यपि अहिले सो सडकखण्डमा ट्र्याक खोल्नुअघि निर्माण गरिएको अस्थायी सडक सञ्जालका संरचनासमेत बिग्रिसकेको अवस्था छ भने सडक पूर्णरुपमा बन्द रहेको छ ।

    निकुञ्ज र निकुञ्ज आसपासको क्षेत्र मानिने मध्यवर्ती सामुदायिक वन क्षेत्रको केही भाग सडकमा परेका कारण सडक निर्माण गर्न समस्या भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष प्रितमबहादुर गुरुङ बताउनुहुन्छ । साविक नवलपरासी जिल्लाको दुम्किबास गाविस, त्रिवेणी गाविस, स्थानीय जनश्रमदान गरी लाखौँ रकम खर्चिएर बाटोको ट्र्याक खोलिएको थियो ।

    तर ट्र्याक खोलिएको वर्षौं बितिसक्दा पनि सडकको थप स्तरोन्नति हुन सकेको छैन । सडक सञ्चालन गर्न स्थानीय सरकारदेखि गण्डकी प्रदेश सरकार सकारात्मक देखिएका छन् । अब तत्कालै सो सडक सञ्चालन गर्न प्रदेश सरकार र केन्द्रीय सरकारसमक्ष पहल भइरहेको विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मीरा राना बताउनुहुन्छ ।

    सो सडक २०२९ सालभन्दा अघि मानिसको हिँडडुल गर्ने सडकका रुपमा प्रयोग हुने गथ्र्याे । त्यसपछि सो सडकखण्डको केही भाग चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र केही भाग मध्यवर्ती सामुदायिक वन क्षेत्रमा परेकाले बाटो निर्माणमा समस्या भएको मध्यवर्ती क्षेत्र त्रिवेणी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणप्रसाद गौतम बताउनुहुन्छ ।

    अब तत्कालै त्रिवेणी–दुम्किबास–सडक निर्माण कार्य अघि बढाउन स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म पहल भइरहेको सांसद तिलक महत बताउनुहुन्छ । सो सडक निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयार गर्ने कार्य भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरे बताउनुहुन्छ ।

    सडक निर्माणका क्रममा आवश्यक पर्ने काट्नुपर्ने रुखको विवरण सङ्कलन गर्ने काम सकिएको छ । सडक निर्माणका क्रममा वन्यजन्तु ओहोरदोहोरो गर्ने क्षेत्रलाई मध्यनजर गर्दै निर्माण हुनुपर्ने सूचना अधिकारीको भनाइ छ । सो सडक सञ्चालन नहुँदा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. ६ र ७ का स्थानीयवासी आफ्नो गाउँपालिकाको मुख्य प्रशासनिक भवन दुम्किबास जान पनि पश्चिम नवलपरासीको बर्दघाट हुँदै पूर्वी नवलपरासीको दुम्किबास पुग्नु करीब ४० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

    त्रिवेणी–दुम्किबास–सडक निर्माण भएमा प्रदेश नं. ४ मा भारतको सिमाना जोडिएको एकमात्र नाका त्रिवेणीमा रहेको त्रिवेणी छोटी भन्सारको समेत स्तरवृद्धि भएमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?
  • यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?
  • खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर
  • जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न

    नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई खोप लगाएर खोप अभियान सुरु।

    दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस्, आँखाको तेज बढ्छ

    सन् २०२०ः विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु

    यातायात कार्यालयमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन : पौने तीन लाखसहित दुई जना पक्राउ

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    समाचार
    News

    जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

    News

    यी गुण थाहा पाएपछि तपाईंले कसरी भुल्नुहोला ज्वानो ?

    News

    खाली पेटमा खानुस् कालो अंगुर, यी ६ रोग हुन्छन् दूर

    News

    जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

    News

    राईनो युवा कल्ब द्वारा सरसफाइ तथा बृछारोपन कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑