• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    दशैंमा भेटिन सक्छन् नक्कली नोट, कसरी चिन्ने ?

  • वीरगंज संजाल
  • २० आश्विन २०७६, सोमबार ०९:४९
  • ९६५

    Shares

    काठमाडौं ।यतिबेला गाउँ सहर सबैतिर दशैंको रमाइलो छ । दशैंमा दक्षिणा पाएका हुन् वा दक्षिणा दिन तयार पारिएका नयाँ नोटहरु बजारमा प्रशस्त छन् । दशैंको टीकापछि पसलमा केही सामान किन्यो भने फिर्ता रकम पनि नयाँ नोट नै आउँछ ।

    नयाँ नोट बजारमा छ्याप्पछ्याप्ती रहेका बेला तिनै नोटमा कतै नक्कली त मिसिएको छैन ? यसबारे भने ध्यान दिनुपर्छ ।

    ठूला चाडबाडका बेला नक्कली नोटहरु भेटिन सक्छन् । नक्कली नोटको कारोबार ठूला चाडपर्व र चुनावका बेला धेरै हुने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निर्देशक निरौला बताउँछन् ।

    चाडवाड तथा चुनावका बेलामा सुरक्षा अंग र राज्यको ध्यान शान्ति सुरक्षामा हुने हुँदा यस्तो मौकामा नक्कली नोटको कारोबार गर्न सहज हुने ठानेर अपराधिक गिरोहले नक्कली नोटको कारोबार गर्न सक्ने निरौलाको ठम्याइ छ ।

    दशैंका बेला जतात्यतै भीड हुने भएकाले पनि नक्कली नोटको कारोबार बढी हुने गरेको उनको अनुभव छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका प्रवक्ता निरौला भन्छन्, ‘दशैंमा जताततै भीड हुन्छ, व्यापारीले पनि राम्रोसँग नोट हेर्न फुर्सद पाउँदैनन्, त्यसकारण पनि नक्कली नोटको कारोबार भइरहेको छ ।’

    दशैंमा नयाँ नोटको प्रयोग गर्दा सजग हुनुपर्ने राष्ट्र बैंकका अधिकारीहरुको सुझाव छ । तपाईले अञ्जानमा बोकेका नोटका कारण पनि कानूनी झमेलामा फस्न सक्नुहुनेछ । किनभने, नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।

    तर, नक्कली नोटहरु बजारमा छरिएमा त्यसले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक प्रभाव चाहिँ अपराधीले पाउने यस्तो सजायँ भन्दा धेरै बढी हुन्छ । यसका साथै आफूसँग भएको नोट नक्कली पर्‍यो कि भनेर सबै उपभोक्तहरुमा मनोवैज्ञानिक त्रास बढ्छ ।

    कसरी चिन्ने त नक्कली नोट ?

    नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो नहुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निरौला बताउँछन् । ‘सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन्’ निरौलाले अनलाइनखबरसँग भने, ‘छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो ।’

    निरौलाका अनुसार सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।

    सबैभन्दा महत्वपूर्ण कुरा त नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लेखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए/नभएको बारे यकिन गर्नु पर्ने हुन्छ ।

    वि.सं. २०७३ (नोटको अग्रभागमा लेखिएको) अथवा २०१६ -नोटको पृष्ठभागमा लेखिएको) नोटमा रहेका नोटका विशेषताका बारेमा यहाँ चर्चा गरौं । अहिले धेरै बजारमा रहेका यहि सिरिजका नयाँ नोटहरु हुन् ।

    नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

    उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट पि्रन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

    त्यसैगरी नेपाल राष्ट्र बैंकको संक्षिप्त रुप एनआरबी (अंग्रेजीमा) को केही अंश नोटको अग्रभागमा र उक्त एनआरबी को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक पि्रन्ट गरिएको छ ।

    नोटको उक्त एनआरबी पि्रन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

    सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।

    नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ । उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट पि्रन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवैतर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ ।

    साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट पि्रन्ट भएको देखिन्छ । धेरै जसो नक्कली नोटहरु ठूला दरका हुन्छन । नेपालमा नक्कली नोट अधिकां ५ सय र १ हजार दरका नोटहरु भेटिएको तथ्यांकले देखाउँछ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतवार- ११ माघ २०७७ को राशिफल
  • विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल
  • हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द
  • २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आँखा पोल्ने वा दुख्ने समस्या छ? अपनाउनुस् यस्ता उपाय

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    समाचार
    News

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    News

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    News

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    News

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    News

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑