आज:
  • होमपेज / देश

    चितवनमा पहिलो थारु अनुसन्धान केन्द्र स्थापना

  • वीरगंज संजाल
  • २० आश्विन २०७६, सोमबार ०९:११
  • ३८३७

    काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।

    पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले उद्घाटन गरेका छन् ।

    सङ्ग्रहालयसँगै स्थापना भएको अनुसन्धान केन्द्र नेपालकै पहिलो हो । अहिलेसम्म नेपालमा सङ्ग्रहालयसँगै अनुसन्धान केन्द्र बनेको छैन । लामिछानेले थारु कला संस्कृतिको बारेमा अनुसन्धान गर्न अब सहज हुनेमा विश्वास व्यक्त गरेका थिए । अनुसन्धान केन्द्रको भवन निर्माणका लागि लामिछाने नै अध्यक्ष रहेको खेमलाल र हरिकला लामिछाने प्रतिष्ठानले १२ लाख ३१ हजार १६१ सहयोग गरेका थिए ।

    यस्तै निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत सांसद सुरेन्द्र पाण्डे र रुकमणि चौधरीबाट रु १० लाख, साविक बछौली गाविस (रनपा वडा नं ५, ६ र ७) बाट चार लाख, थारु सांस्कृतिक सङ्ग्रहालयको आन्तरिक स्रोतबाट पाँच लाख, स्वयंमसेवी विद्यार्थी फ्रान्सबाट दुई लाख र अन्य सङ्घसंस्थाबाट सहयोग प्राप्त भएको सङ्ग्रहालयका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिए ।
    कार्यक्रममा थारु सांस्कृतिक सङ्ग्रहालयले समाजसेवी लामिछानेलाई सम्मान गरिएको थियो । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सम्मान पत्र प्रदान गरेका थिए ।

    बछौलीमा २०६३ सालमा थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना भएको थियो । अहिले यो सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी तथा स्वदेशी पर्यटक आउने गरेका छन् । स्थानीय थारु समुदाय, राष्ट्रिय प्रकृति संरक्षण कोष र थारु सांस्कृतिक सङ्ग्रहालय मिलेर अनुसन्धान केन्द्रको स्थापना गरेका हुन् ।

    कार्यक्रममा नेपाल जर्मन फ्रेण्डसिपका अध्यक्ष तथा एनआरएनएका पूर्वउपाध्यक्ष रामप्रताप थापा, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाका आयोजना प्रमुख रामकुमार अर्याल, रनपा ५ का वडाध्यक्ष कृष्ण महतो, थारु कल्याणकारिणी सभाका पूर्वकेन्द्रीय सदस्य, थारु सङ्ग्रहालयका सल्लाहकार सत्यनाराण चौधरी, सङ्ग्रहालयका संरक्षक वासु चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष वासुदेव ढुङ्गानालगायतले मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑