• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  जीवनशैली

    मासुका परिकार खाँदा यी कुरा ध्यान दिनुहोस्

  • वीरगंज संजाल
  • Oct 7, 2019, 8:52 am
  • ४४२९

    काठमाडौं । चाडबाडका अवसरमा मासुजन्य परिकार र मादक पदार्थ सेवन बढी हुने गर्दछ । विशेषतः दसैँमा मासुका परिकार र मादक पदार्थ सेवन गर्नेहरु बढी हुन्छन् ।

    तर‚ स्वास्थ्यका दृष्टिकोणले कति मात्रामा मासुका परिकार र मादक पदार्थ सेवन गर्ने भन्ने वास्ता गर्दैनौँ । पाए र सके जति खाने चलन छ । यसरी सेवन गर्दा शरीरलाई कस्तो असर पर्छ अड्कल कमैले मात्र गर्छन् । दसैँमा मासुका परिकारसँगै मदिरा‚ चिल्लो, पीरो मसलेदार खाना खाने चलन छ ।

    कति खाने/पिउने 

    नेशनल इन्ष्टिच्युट अफ अल्कोहल अब्युज एण्ड अल्कोहोलिज्मका अनुसार कुनै पनि मादक पदार्थमा सेवन गर्दा १४ ग्राम पिउनु उचित हो । त्यसलाई स्टान्डर्ड ड्रिंक्स् भनिन्छ ।

    अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन डाइबिटिज एशोसिएसनका अनुसार ह्विस्कि, स्पिरिट सेवन गर्ने हो भने ४५ मिलिलिटर, बियर ३४० मिलिलिटर र वाइन, साइडर १४० मिलिलिटर पिउनु उपयुक्त मानिन्छ ।

    ४५ वर्षमाथिका स्वस्थ शरीर भएका महिलाले दैनिक एक र पुरुषहरुले दिनको दुई पटक ड्रिंक्स गर्न सकिने सल्लाह दिइएको छ ।

    कुनै पनि खानेकुरा खाँदा थोरै–थोरै मात्रामा धेरै पटक खानु राम्रो मानिन्छ । सागपात र फलफूलसहितको सन्तुलित खाना उपयुक्त हुने पोषणविदहरुको सुझाव छ । अत्यधिक चिल्लो, मसलेदार बोसोयुक्त खानाले ग्याष्ट्रिक बढाउने, अपच गराउने गर्छ । यसरी नै बासी खाना, काँचो मासु खाँदा फुड प्वाजन हुने प्रवल सम्भावना हुन्छ ।

     बिरामीले के गर्ने

    मधुमेहका बिरामीले मदिरा सेवन गर्नुपूर्व धेरै कुरा विचार गर्नुपर्छ । अमेरिकन डाइबिटिज एसोसियसनले रगतमा सुगर अनियन्त्रित छ भने मदिरा वर्जित गरेको छ । एक–दुई पटक मदिरा पिउँदा डाइबिटिजका बिरामीको रगतमा सुगरको मात्रा बढाइदिन्छ । यति मात्र होइन कति बिरामीमा  सुगरको मात्रा धेरै कम पनि गराइदिन सक्छ । मदिरा सेवन गरेपछिको २४ घण्टासम्म रगतमा सुगरको मात्रा कम गराउन सक्छ ।

    रगतमा सुगरको मात्रा चाहिनेभन्दा कम भएमा मानिसको मृत्यु समेत हुन्छ । त्यसैले मदिरा पिउने नै हो भने मदिरा सेवन गर्नुपूर्व सुगरको अवस्था कस्तो छ भन्ने परीक्षण गर्नुपर्छ । मदिरा सेवन गरेको बेला रगतमा सुगरको मात्रा १०० देखि १४० भित्रै राख्नुपर्ने अमेरिकन डाइबिटिज एसोसिएसनको सल्लाह छ ।

    डाइबिटिजको बिरामीले मदिरा सेवन गर्नुपरेमा खाली पेटमा पिउनु हुँदैन । साथै, कुनै पनि मदिरा सेवन गर्दा विस्तारै र डाइट सोडा वा पानीसँग मिसाएर मात्र पिउनुपर्छ ।

    मुटुरोग भएका बिरामीहरुले मदिरा सेवन गर्दा मुटुको चाल गडबडी हुने, रक्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर हुने आदि समस्या हुने चिकित्सकहरु बताउँछन् । त्यसैले यस्ता बिरामी मदिरा सेवनबाट टाढा रहन नै राम्रो भएको उनीहरुको सुझाव छ ।

    रातो मासु र मदिराको अत्यधिक सेवनले रगतमा कोलेष्ट्रोल तथा युरिक एसिड बढाउने गर्ने हुनाले मासु खाँदा चारखुट्टे जनावरको भन्दा कुखुरा, हाँसको मासु र माछा खानु राम्रो हुन्छ । सफ्ट ड्रिंक्समा हुने अत्यधिक गुलियोपनले पनि ग्याष्ट्रिक गराउने, मोटोपन बढाउने तथा रगतमा ट्राइग्लिसेराइड जस्ता कोलेष्ट्रोलको मात्रा बढाइदिने भएकाले यस्ता पेय पदार्थभन्दा सादा पानी पिउनु नै उत्तम हुन्छ ।

    चाडबाडमा सकभर मदिरा सेवन नै नगरौं । सेवन गर्नै परेमा चिकित्सकहरुके सुझावलाई ध्यान दिऔं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑