आज:
  • होमपेज / जीवनशैली

    मासुका परिकार खाँदा यी कुरा ध्यान दिनुहोस्

  • वीरगंज संजाल
  • २० आश्विन २०७६, सोमबार ०८:५२
  • ५८०९

    काठमाडौं । चाडबाडका अवसरमा मासुजन्य परिकार र मादक पदार्थ सेवन बढी हुने गर्दछ । विशेषतः दसैँमा मासुका परिकार र मादक पदार्थ सेवन गर्नेहरु बढी हुन्छन् ।

    तर‚ स्वास्थ्यका दृष्टिकोणले कति मात्रामा मासुका परिकार र मादक पदार्थ सेवन गर्ने भन्ने वास्ता गर्दैनौँ । पाए र सके जति खाने चलन छ । यसरी सेवन गर्दा शरीरलाई कस्तो असर पर्छ अड्कल कमैले मात्र गर्छन् । दसैँमा मासुका परिकारसँगै मदिरा‚ चिल्लो, पीरो मसलेदार खाना खाने चलन छ ।

    कति खाने/पिउने 

    नेशनल इन्ष्टिच्युट अफ अल्कोहल अब्युज एण्ड अल्कोहोलिज्मका अनुसार कुनै पनि मादक पदार्थमा सेवन गर्दा १४ ग्राम पिउनु उचित हो । त्यसलाई स्टान्डर्ड ड्रिंक्स् भनिन्छ ।

    अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन डाइबिटिज एशोसिएसनका अनुसार ह्विस्कि, स्पिरिट सेवन गर्ने हो भने ४५ मिलिलिटर, बियर ३४० मिलिलिटर र वाइन, साइडर १४० मिलिलिटर पिउनु उपयुक्त मानिन्छ ।

    ४५ वर्षमाथिका स्वस्थ शरीर भएका महिलाले दैनिक एक र पुरुषहरुले दिनको दुई पटक ड्रिंक्स गर्न सकिने सल्लाह दिइएको छ ।

    कुनै पनि खानेकुरा खाँदा थोरै–थोरै मात्रामा धेरै पटक खानु राम्रो मानिन्छ । सागपात र फलफूलसहितको सन्तुलित खाना उपयुक्त हुने पोषणविदहरुको सुझाव छ । अत्यधिक चिल्लो, मसलेदार बोसोयुक्त खानाले ग्याष्ट्रिक बढाउने, अपच गराउने गर्छ । यसरी नै बासी खाना, काँचो मासु खाँदा फुड प्वाजन हुने प्रवल सम्भावना हुन्छ ।

     बिरामीले के गर्ने

    मधुमेहका बिरामीले मदिरा सेवन गर्नुपूर्व धेरै कुरा विचार गर्नुपर्छ । अमेरिकन डाइबिटिज एसोसियसनले रगतमा सुगर अनियन्त्रित छ भने मदिरा वर्जित गरेको छ । एक–दुई पटक मदिरा पिउँदा डाइबिटिजका बिरामीको रगतमा सुगरको मात्रा बढाइदिन्छ । यति मात्र होइन कति बिरामीमा  सुगरको मात्रा धेरै कम पनि गराइदिन सक्छ । मदिरा सेवन गरेपछिको २४ घण्टासम्म रगतमा सुगरको मात्रा कम गराउन सक्छ ।

    रगतमा सुगरको मात्रा चाहिनेभन्दा कम भएमा मानिसको मृत्यु समेत हुन्छ । त्यसैले मदिरा पिउने नै हो भने मदिरा सेवन गर्नुपूर्व सुगरको अवस्था कस्तो छ भन्ने परीक्षण गर्नुपर्छ । मदिरा सेवन गरेको बेला रगतमा सुगरको मात्रा १०० देखि १४० भित्रै राख्नुपर्ने अमेरिकन डाइबिटिज एसोसिएसनको सल्लाह छ ।

    डाइबिटिजको बिरामीले मदिरा सेवन गर्नुपरेमा खाली पेटमा पिउनु हुँदैन । साथै, कुनै पनि मदिरा सेवन गर्दा विस्तारै र डाइट सोडा वा पानीसँग मिसाएर मात्र पिउनुपर्छ ।

    मुटुरोग भएका बिरामीहरुले मदिरा सेवन गर्दा मुटुको चाल गडबडी हुने, रक्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर हुने आदि समस्या हुने चिकित्सकहरु बताउँछन् । त्यसैले यस्ता बिरामी मदिरा सेवनबाट टाढा रहन नै राम्रो भएको उनीहरुको सुझाव छ ।

    रातो मासु र मदिराको अत्यधिक सेवनले रगतमा कोलेष्ट्रोल तथा युरिक एसिड बढाउने गर्ने हुनाले मासु खाँदा चारखुट्टे जनावरको भन्दा कुखुरा, हाँसको मासु र माछा खानु राम्रो हुन्छ । सफ्ट ड्रिंक्समा हुने अत्यधिक गुलियोपनले पनि ग्याष्ट्रिक गराउने, मोटोपन बढाउने तथा रगतमा ट्राइग्लिसेराइड जस्ता कोलेष्ट्रोलको मात्रा बढाइदिने भएकाले यस्ता पेय पदार्थभन्दा सादा पानी पिउनु नै उत्तम हुन्छ ।

    चाडबाडमा सकभर मदिरा सेवन नै नगरौं । सेवन गर्नै परेमा चिकित्सकहरुके सुझावलाई ध्यान दिऔं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑