• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बडादसैँ अन्तरगत आज महानवमी : दुर्गा भवानीको पूजा

  • वीरगंज संजाल
  • २० आश्विन २०७६, सोमबार ०८:४६
  • ५४४५

    वीरगंज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।

    महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

    पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिएर पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

    मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

    महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

    तलेजु भवानी खुल्ने

    हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भिड लाग्छ ।

    तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन आज बिहानै लाममा बस्न जाने गर्छन् । आज लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिइन्छ । महानवमीका अवसरमा आज नेवारी समूदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑