निशुल्क स्वास्थ शिविर एवं प्रसाद बितरण कार्यक्रम आयोजना
वीरगंज संजाल
१९ आश्विन २०७६, आईतवार १६:५३
४०४३
वीरगन्जl वीरगन्जको प्रसिद्ध गहवा माईको मेलामा अष्टमीको दिन नेपाल सोनार समाज पर्सा , नेपाल सोनार युवा समाज पर्सा तथा सोनार कालीगढ संघद्वारा आयोजित निशुल्क स्वास्थ शिविर एवं प्रसाद बितरण कार्यक्रम आयोजना भएको हो ।
निरज ईन्टरप्राईजेजको अगाडी राखिएको शिवीरमा स्वजातीय चिकित्सकहरूको समुहद्वारा विभीन्न किसीमको रोगहरू निःशुल्क परीक्षण गर्नुको साथै औषधिपनी बितरण गरीएको हो । सोनारहरू सुनचांदीको काम र पैसा कमाउने सोच मात्रै रहेको आम बुझाईलाई चिर्न समाजको हरेक सकारात्मक गतिविधिमा सहभागी हुने सोचका साथ शिविर आयोजना गरीएको नेपाल सोनार समाज पर्साको स.सचिव प्रवेश कुमार सरार्फले बताउनुभयो ।
निस्वार्थ तथा निशुल्क गरिएको शिवीरमा निरज कुमार सरार्फ, भुलन सरार्फ ,प्रमोद सरार्फ, ओमप्रकाश सर्राफ, जलेश्वर सरार्फ, दयाशकंर सरार्फ, किशन सर्राफ, उजज्वल सरार्फ लगायत युवा समाजको उपस्थिति रहेको नेपाल सोनार युवा समाज पर्साको संयोजक श्याम सरार्फले जानकारी गराउनुभएको हो ।