काठमाडौं । पृथ्वी राजमार्गमा यात्रु ठग्ने ११ होटल तथा रेष्टुराँ एवं पसललाई वाणिज्य विभागले कारबाही गरेको छ । वाणिज्य,आपूर्ति तथा तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको आकस्मिक अनुगमनका क्रममा यात्रुहरुसँग खाजा, खाना र पेय पदार्थमा तोकिएको भन्दा धेरै मूल्य लिने, बिल बिजक नराख्ने तथा मूल्य सूची जारी नगर्नेहरुलाई कारबाही गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।