• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    कस्ता बिरामीले खान हुँदैन मासु ?

  • वीरगंज संजाल
  • १७ आश्विन २०७६, शुक्रबार ०६:५३
  • ७०४१

    दशैं हरेकको घर–घरमा आइसकेको छ। दशैं आएसँगै सबैले मासुलाई नै बढी महत्व दिने गर्छन्। मासु खान थालेपछि हामी नेपाली हरीया सागसब्जीलगायत अन्य साधारण खानेकुरा नै बिर्सिदिन्छौ।

    एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने चिकित्सकहरु बताउँछन्। चिल्लो मासु खाएर आरामसँग बस्दा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्छ। दशैंको समयमा स्वाद र सन्तुष्टिका लागि मासुका परिकार मात्रै खाने तर कुनै व्यायम नगर्दा स्वास्थ्यलाई नराम्रो असर पर्ने बताउँछिन्, जनस्वास्थ्यविद् डा. अरुण उप्रेती।

    मासु ठिक्क मात्रामा मात्रै खानुपर्ने डा. उप्रेतीको सुझाव छ। अत्याधिक मात्रामा चिल्लोयुक्त र मसलेदार मासु खाँदा तत्काल असर नदेखिए पनि केही दिनपछि विस्तारै समस्या देखापर्ने डा. उप्रेतीले बताइन्।

    हाल नेपालमा मधुमेह, मुटुका बिरामी, युरिक एसिडलगायत रोगका बिरामी बढीरहेका छन्। यस्ता रोगीले रातो मासु खाँदा स्वास्थ्यमा झन् असर पर्ने डा. उप्रेतीले बताइन्।

    दसैंमा आफन्तकामा पनि गइने हुँदा त्यहाँ पनि विचार गरेर ठिक्क मात्रामा खानुपर्छ। आफ्नो मन थाम्न नसकेर आवश्यकभन्दा बढी खानेकुरा खाने बानीले स्वास्थ्यका लागि हानिकारक हुन्छ। रक्तचाप बढी भएका, युरिक एसिड भएका मानिसले भित्री अंगका मासु तथा रातो मासु खाँदा उनीहरुको शरीरमा ठूलो क्षति पुग्ने डा. उप्रतीले बताइन्।

    मासु पकाउँदा पनि धेरै मसला, चिल्लो राखेर भन्दा पनि साधारण तरिकाले पकाएर खानुपर्ने डा. उप्रतीको सुझाव छ। उनकाअनुसार बढी मसलेदार मासु, धेरै दिनको बासी मासु, राम्ररी नपाकेको मासु खाँदा अपच हुने, बान्ता हुने, आउँ, हैजाजस्ता समस्या निम्तिन्छ। यसकारण मासुलाई ताजा राख्नका लागि फ्रिजमा राख्नुपर्छ।

    ‘मासुमा धेरै प्रोटिन हुन्छ, थोरै मात्रामा मासु सेवन गर्दा भने शरीरलाई फाइदा पुग्छ’, डा. उप्रेतीले भनिन् ।

    दीर्घरोगीलाई मासु विषसरह

    मुटुरोग, युरिक एसिड लगायतका दीर्घरोगीलाई मासु घातक मानिन्छ । अझै दीर्घरोगीले मासु खानु विष सेवन गरेसरह नै हुने डा. उप्रेतीले बताइन्। त्यसैले दीर्घरोगीले मासु सेवन नगरेकै उत्तम हुन्छ। तेलमा भुटेको, तारेको, सेकुवा र मसलेदार मासु खानु शरीरका लागि झनै हानिकारक हुने डा. उप्रेतीले बताइन्। नेपालमा दिनानुदिन दीर्घरोगी बढ्नुका कारण पनि अस्वस्थकर खाना नै भएको चिकित्सकहरु बताउँछन्।

    कस्तो मासु नखाने ?

    मासुको गुणस्तर कस्तो हो, नबुझी खाँदा शरीरमा समस्या निम्तिन्छ । अमिलो र नमीठो गन्ध आएको छ भने त्यस्तो मासु खान हुँदैन । प्याजी रंगको मासु मात्रै खान योग्य हुने डा. उप्रेतीले बताइन् । उनकाअनुसार बजारमा झुन्डाएर राखिएको मासु हल्का गुलाबी रंगको छ भने त्यसमा सचेत हुनुपर्छ । पसलमा झुन्ड्याएर खुला रूपमा राखिएको मासुमा ब्याक्टेरियाको संक्रमण धेरै हुने डा. उप्रेतीले बताइन् । अस्वस्थ मासुको सेवनले स्वस्थ मानिस समेत बिरामी हुने सम्भावना रहने भन्दै डा. उप्रेतीले दीर्घरोगी झन् खतरामा जाने बताइन् । खानामा सन्तुलन मिलाउनुका साथै अभ्यासलाई पनि ध्यानमा राख्न जरुरी हुने डा. उप्रेतीको सुझाव छ । उनले दशैंका लागि खसि किन्दा सिंगान बगेको चिकित्सकले स्वस्थ्य छ भनेर चिन्ह नलगाएको अस्वस्थकर हुने बताइन् ।

    मासुको बढी प्रयोगले कस्ता समस्या ?
    मासुको बढी प्रयोगले युरिक एसिडको समस्या आउँने डा. उप्रेतीको भनाइ छ। त्यस्तै, रातो मासुले नकारात्मक असर गर्छ । बोसो तथा छाला रहित मासु खाने गरेमा हानी कम हुन्छ। रगत पकाएर रक्ती बनाएर खानुलाई पनि खासै उपयोगी मानिंदैन । यस्तो मासुको प्रयोगले खाएको केही समयभित्र नै झाडापखाला चल्ने, अपच हुने, ग्याट्रिक बढ्नेलगायतका समस्या हुने डा. उप्रेतीले बताइन् । उनले मासुबाट रोगहरु सर्नसक्ने कुरामा सधैं सचेत रहन सुझाव दिइन् ।

    कस्तो मासु कसरी खाने ?

    सुरुमा खसी बोका कुखुरा च्याङग्रा किन्दा नै मेडिकल डाक्टरले स्वस्थ्य छ भनेर प्रमाणित गरेको मात्रै किन्नुपर्ने डा. उप्रतीले बताइन् । त्यसरी सम्भव नभए नजिकैको पसल, जहाँ आफूलाई विश्वास लाग्छ त्यहीबाट मात्र मासु किन्नुपर्ने जनस्वास्थ्यविद् उप्रतीले बताइन् । जहाँ पायो त्यहिँबाट मासु लिनु नहुने भन्दै डा. उप्रतीले मासु लेराइसकेपछि राम्रोसँग पकाएर मात्रै खान सुझाव दिइन् ।

    राम्रोसँग नपाकेको मासुले शरीरलाई हानी गर्ने चिकित्सकहरु बताउँछन् । मासुमा राँगा खसी भन्दा कुखुरा, माछा स्वस्थ्यकर हुने बताइन्छ । खसीमा रेडीमेट बढी हुन्छ । छाला खाँदा पनि पाचन प्रक्रियामा असर गर्ने डा. उप्रतीले बताइन् । छालामा धेरै बोसो हुने भएकाले त्यो स्वस्थ्यकर हुँदैन । पोलेर साँधेर भुटेर राखेको मासुमा क्यान्सर बनाउने तत्व हुने डा. उप्रेतीले बताइन् ।

    उनकाअनुसार त्यस्तो मासुले पाचन प्रक्रियालाई राम्रो गर्दैन । दशैंमा मीठो बनाउनु पर्छ भन्दै अनावश्यक मरमसला हाल्न तिर लाग्न नहुने डा. उप्रेतीको सुझाव छ । उनले मासु बनाउँदा हरेक कुरा कम गर्नुपर्ने बताइन् । जस्तैः नुन, मसला तेल । मासु पकाउँदा सामान्य तरिकाले पकाउनु उत्तम हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑