आज नवरात्रको छैठौं दिनः कात्यायनी माताको पूजा गरिंदै
वीरगंज संजाल
१७ आश्विन २०७६, शुक्रबार ०६:१०
४९५३
वीरगंज– बडा दसैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ। हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुपका रूपमा कात्यायनीलार्इ लिइन्छ। अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ।
आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ।
बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ। उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ।
दसैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ।