‘पोहोर पनि राम्रै व्यापार भएको थियो, एक हप्ताको मेलामा ४० हजार मुनाफा भएको थियो, उनले भने, ‘यसपालीको मेलामा मेरै टोलबाट ५ जनाले पसल थापेका छन्।’ वीरगंजको दसैं मेलामा १५÷१६ वर्षदेखि जलेबी मिठाई बिक्री गर्दै आएका बिहारकै भरवलीया गाउँका विक्रम प्रसादले पनि यसपाली जलेबीको बिक्री राम्रै भइरहेको बताए ।
वीरगन्जको मेलामा अहिले जलेबी मिठाइको भाउ प्रति केजी १ सय २० रुपैयाँ रहेको उनले बताए।उनले भने,’दिनको १० देखि १२ हजार जतिको बेच्छु,’ उनले भने, ‘५÷६ दिनमा ३०÷४० हजार रुपैयाँ नाफा हुन्छ।’