• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली ग्राहकहरु भारतीय बजारतर्फ आकर्षित, वीरगञ्ज बजार रितै

  • वीरगंज संजाल
  • १६ आश्विन २०७६, बिहीबार २३:१७
  • ३९९९

    वीरगञ्ज | नेपाली बजार भन्दा भारतीय बजार रक्सौलमा २० देखि ३० प्रतिशत सस्तोमा सामान पाउने भएकाले किनमेलका लागि रक्सौल बजार नेपाली उपभोक्ताहरुको रोजाइमा परेको छ ।

    अन्य वर्षभन्दा यस वर्षको पर्व खर्चिलो भएकाले केही रकम बचत हुने हुँदा किनमेलका लागि भारतीय बजार जाने गरेकोनेपाली ग्राहक बताउछन् ।

    स्थानीय बजारमा दैनिक उपभोग्य सामानको कृत्रिम मूल्य सिर्जना गरी व्यापारीहरुले मनोमानी ढङ्गबाट बढी मूल्यमा बेच्ने गरेकाले कम आय भएका नेपाली उपभोक्ताहरुको रोजाइमा अहिले भारतीय बजार रक्सौल परेको छ ।

    ९० प्रतिशत नेपालीहरुको रोजाइमा भारतीय बजार रक्सौल परेकाले नेपाली बजार वीरगञ्ज, जितपुर बजारहरु सुनसान छन् भने भारतीय बजारहरु नेपाली उपभोक्ताका कारण खचा खच भरिएका छन् ।

    वीरगञ्जका बजार सुनसान देखिन्छन् भने भारतीय बजार रक्सौलमा नेपाली उपभोक्ताहरुको भीड लाग्न थालेपछि त्यहाँको दैनिक व्यापार रु ३ करोड देखि ४ करोड सम्म हुने गरेको टेक्सटायल चेम्बर अफ कमर्स कार्यालय रक्सौलले जनाएको छ ।

    “नेपाली उपभोक्ताहरुको पहिलो रोजाइ भनेको कपडा हो”, कमर्सका अध्यक्ष अरुणकुमार गुप्ताले भन्नुभयो, “नेपालीहरु किनमेल गर्न रक्सौल आएनन् भने यहाँको व्यापार चौपट हुने थियो । नेपालीहरुका कारण भारतीय बजार रक्सौलका व्यापारीहरुले नेपाली उपभोक्तालाई आकर्षित गर्न विभिन्न प्रकारका योजनासमेत ल्याएको पनि देखिन्छ ।

    “भारतबाट वीरगञ्ज बजारमा आउने कपडामध्ये अधिकांश कपडा भन्सार छली तस्करीमार्फत भित्रिने गरे पनि यहाँको बजारमा कपडालगायत दैनिक उपभोग्य सामानको कृत्रिम मूल्य सिर्जना गरी व्यापारीहरुले बढी मूल्यमा बेच्ने गरेको तर त्यही सामान रक्सौलमा सस्तो पाइने भएकाले किनमेलका लागि रक्सौल आएको छु”, हेटौडाका कृष्ण पराजुली भन्नुहुन्छ, “भारतीय व्यापारीहरुको व्यवहार पनि राम्रो हुने र सस्तो दरमा सामान पनि पाइने भएकाले हाम्रो पहिलो रोजाइमा भारतीय बजार परेको छ ।”

    सीमावर्ती रक्सौल बजारमा २०० को हाराहारीमा कपडा पसल छन् भने दैनिक उपभोग्यको सामान बेच्ने किराना पसल ५० वटा रहेका छन् । नेपाली बजारमा सटही काउन्टर नभएकाले नेपाली उपभोक्ताहरु रक्सौलमा नेपाली रुपैयाँ साट्दा वा त्यहाँका पसलेहरुलाई नेपाली रुपैयाँ दिँदा पसलेहरुले बढी ‘बट्टा’ काट्ने समस्या रहेको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका सञ्जयकुमार प्रजापतिको गुनासो रहेको छ ।

    “नब्बे प्रतिशत नेपाली ग्राहकका कारण रक्सौलको दैनिक व्यापार एक करोड रुपैयाँ बराबरको रहेको छ”, खादी भण्डारका सञ्चालक श्याम लामा भन्नुहुन्छ, “नेपाली ग्राहक नआएका भए यहाँको व्यापार घाटा उच्च हुने थियो ।”

    पूर्वी चम्पारण जिल्लाअन्तर्गत पर्ने रक्सौल बजार हिन्दूहरुको महान चाड बडा दशैँ, दिपावली र छठ पर्वलाई लक्षित गरी भारतीय व्यापारीहरुले नेपाली ग्राहक तान्न असल व्यवहार, मिठो बोली तथा विभिन्न किसिमको ‘स्किम’ राख्ने गरेकाले पनि नेपाली ग्राहकहरु भारतीय बजारतर्फ आकर्षित हुने गरेका छन् ।nepalpost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑