वीरगंज|पर्सा जिल्लाको अतिक्रमित वन क्षेत्र खाली गराउनेतर्पm डिभिजन वन कार्यालय, पर्साले चासो देखाएको छैन ।जिल्लाको २८१ हेक्टर वन क्षेत्र अहिले अतिक्रमणको शिकार भएको वन कार्यालयको तथ्याङ्कमा देखिन्छ।डिभिजन वन कार्यालयले वन नियन्त्रण कार्यदल गठन गर्न नसक्दा अतिक्रमण हटाउने काम प्रभावित भएको हो ।
सहायक वन अधिकृत फरमान मियाँले प्रमुख जिल्ला अधिकारी, वन प्रमुख, राजनीतिक दल र सञ्चारकर्मी रहनेगरी जिल्ला वन नियन्त्रण कार्यदल गठन हुन नसक्दा हालका दिनमा वन अतिक्रमणविरुद्ध अभियान सञ्चालन हुन नसकेको बताए । उनले आव २०७४–०७५ मा सबैया साझेदारी वन अन्तर्गत २७ हेक्टर जमीन अतिक्रमण हटाएर वृक्षारोपण गरिएको बताए ।
यसैगरी इलाका वन कार्यालयले भतौडामा ४० हेक्टर अतिक्रमण हटाएर वृक्षारोपण गरेको सवअ मियाँले बताए । आव २०७५–०७६ मा पर्सागढी नगरपालिकामा रहेको छतिवन टाँडी, जमुना, मधुवन मथवल, पशुपतिनगर क्षेत्रमा ३० हेक्टर वन क्षेत्र अतिक्रमित क्षेत्र खाली गराइएको थियो । सो क्षेत्रमा पनि वृक्षारोपण गरिएको छ ।
वन डिभिजन कार्यालयले ठोरी गापाको स्याउली बजारमा पनि राष्ट्रिय निकुञ्जको सहयोगमा गत वर्ष अतिक्रमण क्ष्Fेत्र खाली गराएको थियो । अहिले पनि पर्सागढी, वीरगंज महानगर–३१ र ३२, सखुवापरसौनी, जीराभवानी गापामा राष्ट्रिय वन अतिक्रमणको शिकार भएको छ ।अतिक्रमणकारीले वन क्षेत्रको जग्गामा खेतीबारी र घरटहरा बनाएर बसोवास गर्दैआएका छन् ।