• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    दशैँमा चामल अभाव

  • वीरगंज संजाल
  • १६ आश्विन २०७६, बिहीबार २३:०१
  • १३१३

    सिमकोट : दशैँको मुखमा दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैँ खल्लो हुने भएको छ ।

    जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र यो वर्ष खार्पुनाथ गाउँपालिकामा स्थापना गरिएको नयाँ बिक्री केन्द्रमा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा हुम्लाले जनाएको छ ।

    चालू आर्थिक वर्षमा संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेका कारण जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी पाँच गाउँपालिकामा चामल नपुगेको जिल्ला संस्थान प्रमुख रामबहादुर विष्टले बताए। नेपालीको महान् पर्व दशैँमा चामल नपुगे पनि तिहारसम्ममा पु-याउने लक्ष्य लिइएको उनले जानकारी दिए ।

    गत असारको अन्तिम सातादेखि दक्षिणी क्षेत्रमा रहेका दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामल नहुँदा डिपो र बिक्री केन्द्र खाली रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धाँमीले बताए । उनका अनुसार स्थानीय सरकारले स्थल मार्गबाट चामल ढुवानी गर्ने भने पनि नेपाल खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गर्दा यो दशैँमा चामल नपुगेको हो ।

    यो वर्ष चामल नहुँदा दशैँ खल्लो हुने निश्चित भएको स्थानीयवासी भक्तराज ऐडीले गुनासो गरे । अदानुचलीमा रहेको श्रीनगर डिपो र सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपोमा कर्मचारी भए पनि चामल नहुँदा त्यहाँका स्थानीयवासीले यो वर्षको दशैँ भातविना मनाउने भएका छन् ।

    दशैँ सम्ममा चामल पुग्छ भनेर कर्मचारी तयारी अवस्था रहे पनि चामल नपुग्ने निश्चित भएपछि दुई वटा डिपोका कर्मचारी पनि दशैँ मनाउन घर गएका छन् । ठेकेदारले यही असोज ८ गते टेण्डर प्रक्रिया सम्झौता गरी तिहारसम्ममा चामल स्थलमार्गबाट जिल्ला ल्याउने जानकारी दिएको संस्थान प्रमुख विष्टले बताए ।

    खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेको भन्दै दशैँमा चामल पु-याउन नसकिएको ठेकेदार लोकेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार यस वर्षको टेण्डर प्रक्रिया नै ढिला भएकाले कसैलाई पनि यस वर्षको दशैँमा चामल पु-याउन सकिएको छैन । सिमकोटमा १६ सय क्विन्टल मौज्दात, याल्वाङमा १५ सय क्विन्टल बाँडियो सधैँ दशैँमा चामलको अभाव हुने सदरमुकाम सिमकोटमा यो वर्ष खाद्यान्न मौजात प्रशस्त रहेको छ ।

    काठमाडौँ केरुङ हुँदै सिमकोट पुगेको ६०० क्विन्टल र स्थानीयलाई वितरण गरी बाँकी रहेको एक हजार क्विन्टल चामल गरी १६ सय क्विन्टल मौज्दात रहेको खाद्य संस्थान प्रमुख विष्टले बताए । गत वर्ष संस्थान शाखा हुम्लाले एक घरधुरीलाई तीन केजीका दरले चामल वितरण गरेको थियो ।

    त्यसैअनुरूप विभिन्न निकायको सहकार्यमा यो वर्ष सिमकोटमा रहेको खाद्य संस्थानको गोदाममा एक हजार ६०० क्विन्टल चामल मौज्दात रहेको विष्टले बताए । उता केरुङ नाका हुँदै सिमकोट आउँदै गरेको चार हजार क्विन्टल चामलमध्ये ६०० क्विन्टल संस्थान शाखामा भित्रिएको छ भने बाँकी रहेको तीन हजार ४०० क्विन्टल चामल सल्लीखोलामा रहेको चौकीदार अखिल रोकायाले जानकारी दिए ।

    केरुङ हुँदै गाडीमार्फत याल्वाङमा पुगेको एक हजार ५०० सय क्विन्टल चामल याल्वाङ बिक्री केन्द्रमार्फत वितरण गरिसकिएको छ । सिमकोट खाद्य संस्थानका लागि गाडीबाट हिल्सा हुँदै सल्लीखोला पुगेको चामल वर्षात्ले सडक ठाउँठाउँमा भत्केका कारण ढुवानी कार्य रोकिएको ठेकेदार ध्रुव शाहीले बताए । रासस

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चिनियाँ नाकाको सकस
  • १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी
  • आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो
  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने

      राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

      भारत सरकारले बढायो २० प्रतिशत तेश्रो पक्ष मोटर बीमा शुल्क

      ‘थुप्रै छन् बेनामे हिमाल’

      एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      चिनियाँ नाकाको सकस

      News

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      News

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      News

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      News

      बालेनको काँधमा काठमाडौं


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑