दशैंको लागि गाउँघर जाने सावारीहरुका कारण राजमार्गमा जाम बढ्यो
वीरगंज संजाल
१६ आश्विन २०७६, बिहीबार ०९:५७
४६३३
भक्तपुर । दशैंको लागि गाउँघर जाने बढेसँगै राजमार्गहरुमा यातायत जाम हुनेक्रम पनि बढेको छ । आज अरनिको राजमार्ग अन्तर्गत सुर्यबिनायक चोक देखि जगाति सम्म बिहान देखि गाडी जाम हुन थालेको छ । आज बिहान देखि ६ लेन सडक सकिए पछि भुलाँचा चोक देखि जगाति चेक पोष्ट सम्म सडक सागुरो भएकोले जाम बढेको हो ।
जाम घलाँते चोक सम्म पुगेको छ । अरु बेला पनि अफिस समयमा यस्तै जाम हुने ठाउँमा आजभोली त दशैको लागि गाडिको चाप बढ्ने बेला झन बढी जाम हुने भइहाले । जाम कम गर्नको लागि सुर्यबिनयाक चोक, भुलाँचा चोक, आदर्श चोक, जागाति चोक, जगाति चेकपोष्टमा ट्राफिक प्रहरीहरु बिहानै देखि खटिएका छन् ।
जाम कम गर्न र सुरक्षित यात्राको लागि ट्राफिक प्रहरीले भरपुर कोशिस गरिरहेका छन् । दशैंका लागि भक्तपुर जिलाबाट पूर्व जाने दुई दिन अगाडी आसोज १४ गते देखि दिनको ६० हजारको हाराहारीमा मान्छेहरु बाहिर गइरहेको महानगरीय प्रहरी बृत जगातिले जानकारी दिएको छ ।