• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतबाट यात्रु ओसार्दै पर्यटन परमिटका बस

  • वीरगंज संजाल
  • १६ आश्विन २०७६, बिहीबार ०९:५३
  • २८९३

    बाँके – पर्यटन परमिटको अनुमति पाएका नेपाली बसले भारतबाट दशैँ मनाउन घर फर्किने नेपाली यात्रु ओसार्न थालेका छन् । घर फर्किने नेपालीको सुविधाका लागि पर्यटन इजाजतका बसलाई समेत आगामी कात्तिक १५ गतेसम्मका लागि नेपालगञ्ज नाकाबाट भारतका शहरमा आउन जान रोक नलगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपाल–भारत मैत्री बसलाई मात्रै नेपालगञ्ज नाकाबाट भारततर्फ जान अनुमति भए पनि चाडपर्वलाई मध्यनजर गर्दै एक महिनाका लागि पर्यटन रुट परमिटको इजाजत पाएका बसलाई समेत अनुमति दिइएको हो ।

    प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बुटवलको अनुरोधमा विगतमा लगाइएको रोक एक महीनाका लागि खुला गरिएको उहाँको भनाइ छ । पर्यटन रुट परमिटका बसले अवैधरूपमा यात्रु ओसार्न थालेपछि नेपालगञ्जका होटल तथा यातायात व्यवसायीले भने त्यसको विरोध गर्दै आएका छन् ।

    पर्यटकीय इजाजत लिएर भारतका विभिन्न शहरमा अवैधरूपमा यात्रु ओसारपसार गर्ने नेपाली बसलाई रोक्नका लागि सरोकारवाला निकायलाई पटकपटक अनुरोध गरेपछि रोकिए पनि अहिले फेरि चाडपर्वको नाममा चल्न दिनु दुःखद् भएको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताउनुभयो । ‘पर्यटकका नाममा यात्रु ओसार्न पाइँदैन’, अध्यक्ष कँडेलले भन्नुभयो, ‘यी गाडी नेपालगञ्जमा रोक्दै नरोकी सिधै गन्तव्यमा जानाले यहाँका सबै व्यवसायीलाई मर्का परेको छ ।’ पर्यटन सुविधाको इजाजत लिएर यात्रुवाहक बस सञ्चालन गरिँदा यातायात व्यवसायीका लागि मात्रै नभई सिङ्गो नेपालगञ्ज शहर प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

    भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले अवैधरूपमा सञ्चालन हुने यात्रुवाहक बसका कारण वैधानिकरूपमा सरकारको अनुमति लिएर सञ्चालन हुने नेपाल–भारत मैत्री बसलाई समेत समस्या हुने गरेको बताउनुभयो । उहाँले यो समस्या होटल व्यवसायीको एकछाक खाना एक रात बासको मात्र नभई समग्र व्यवसायसँग जोडिएको बताउनुभयो ।

    यात्रु नेपालगञ्जमा होटलमा खाना खाने बास बस्नेदेखि अटो चढ्नेसम्मका सुविधाबाट वञ्चित भएको उहाँको भनाइ छ । नेपालगञ्ज बजार सुनसान हुँदै जाँदा यो अवैध कार्यले ठूलो नोक्सान पुर्‍याएको व्यवसायीको बुझाइ छ । व्यवसायीले प्रहरी प्रशासनको मिलेमतोमा अवैध कार्य भइरहेको भन्दै यसको विरोधमा सडकमै उत्रिने तयारी गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑