• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    अर्थमन्त्रीको भारत भ्रमण : नेपालमा भएका पुराना भारतीय नोट साटिएला?

  • वीरगंज संजाल
  • १६ आश्विन २०७६, बिहीबार ०९:४०
  • ४१७

    Shares

    नयाँ दिल्ली  | भारत सरकारले ८ नोभेम्बर २०१६ मा डिमोनिटाइजेसन अर्थात ५ सय र एक हजारको नोट प्रचलनमा प्रतिबन्ध(नोटबन्दी) लगायो। तर नेपाल सरकारसँग रहेको मौज्दात भारतीय रुपैयाँ अझै साटिएको छैन। तीन वर्षसम्म पनि नोट नसाटिएपछि अब साटिने संभावना न्यून रहेको छ। तात्कालीन वित्त मन्त्री अरुण जेटलीको कार्यकालमा नोटबन्दी लागु गरिएको थियो।

    नोट नसाटिएको सन्दर्भमा राष्ट्र बैंकको मौज्दातमा रहेको अनुमानित करीब ५ करोड भारतीय रुपैयाँ रद्दी कागजमा परिणत हुने देखिन्छ। नोटबन्दीका सुरुका वर्ष भारत सरकारले कुटनीतिक नियोगहरुलाई बोलाएर आ–आफ्ना नियोगमार्फत पुराना दरका नोट साट्न विकल्प दिएको थियो।

    वैधानिक टेन्डरको रुपमा प्रचलनमा आउने नेपाल र भुटानलाई भने आ-आफ्ना मुलुकमा भएका अन्तिम मौज्दात बारे जानकारी गराएर नोट साटनका लागि सुझाएको थियो। भुटानले आफ्ना मुलुकमा भएको मौज्दात रकम साटिसकेको छ तर नेपालमा रहेको रकम भने अझै पनि साटिएको छैन।

    नेपाल सरकारले एकै पटकमा मौज्दात रहेको भारतीय रुपैयाँ बारे जानकारी गराउन सकेको थिएन। त्यही बीचमा समय लम्बिँदै गयो। नोट साटनका लागि कुटनीतिक पहल अगाडि बढाउँदा नेपालमा नक्कली भारतीय नोट फेला पर्‍यो। पुरानो नोट साट्ने कुरा फेरि पछि धकेलियो। दिल्लीमा पदीय जिम्मेवारीमा हुँदा पूर्व राजदूत दीपकुमार उपाध्यायले, ‘नेपाल सरकारले एकै पटकमा मौज्दात रकम बारे निर्क्यौल निकाल्न नसकेको हुँदा पनि भारतीय पक्ष विस्तारै सशंकित हुँदै गएर नोट साटन ढिलाइ भएको हो’ भनेका थिए। नेपाल राष्ट बैंक र रिजर्भ बैंक अफ इण्डियाका अधिकारीहरुबीच पटक पटक छलफल भए पनि कुरा कहाँ अड्किएको छ खुलस्त कोहि भन्न चाहँदैनन्।

    यद्यपि नोट साट्ने विषयमा भारतीय पक्षबाट सकारात्मक आश्वासन पाएको भन्ने जवाफ नेपाली पक्षबाट आइरहयो तर अब त त्यस्तो जवाफ पनि आउन छोडेको छ। यसबीचमा कति उच्च राजनीतिक भ्रमणहरु आदान प्रदान भए। प्रत्येक जसो उच्च राजनीतिक भेटमा यो विषय उठान भयो नै। तर यस विषयमा जिम्मेबार निकायहरु तै चुप मै चुपको अवस्था छ।

    डिमोनिटाइजेसन लगत्तै नेपालबाट अप्रिल २०१७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भारत भ्रमण गरेकी थिइन्। त्यसपछि अगस्तमा तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण थियो। देउवाले भारतका प्रधानमन्त्री तथा वित्तमन्त्री अरुण जेटलीसँगको छलफलमा यो विषय उठाएका थिए। प्रधानमन्त्री के.पी शर्मा ओलीले गत मेमा भारत भ्रमणकै बेला भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई नोट साट्ने विषयमा आग्रह गरेका थिए। गत मार्चमा एक कार्यक्रममा सहभागी हुन दिल्ली आएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तात्कालीन परराष्ट्र मन्त्री सुषमा स्वराजसँग पनि यो आग्रह गरेका हुन्। गत मार्चमा अरुण जेटलीले नेपाली नोट साटिने भनेर घोषणा गरेका थिए। तर अन्यौलता यथावत रहेको छ।

    कुटनीतिक समन्वय गरिरहेका उच्च अधिकारीहरु नोट साटिने कुरामा अब विश्वस्त देखिँदैनन्। उच्च अधिकारीहको बुझाइमा भारतमा रहेका पुराना दरका नोटहरु नेपाल पुर्याइएको आशंका भारतीय पक्षको रहेको हुँदा नोट साटन ढिलाइ भएको हो।

    अहिले पून अर्थमन्त्री डा.युवराज खतिवडा दिल्ली आएका छन्। इन्डिया इकोनोमिक समिटमा भाग लिन दिल्ली आएका खतिवडाले भारतीय वित्त मन्त्री निर्मला सीतारमणसँग भेट गर्दैछन्। तीन वर्ष पुगिसक्न लाग्दा पनि नोट साटिने विषय बारे के उनले सीतारमणबाट आश्वस्त हुन सक्ने जवाफ पाउलान्?

    नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट अवैधानिक बाटोबाट नेपाल पुर्‍याइएको छ भनेर भारतले आशंका गरे जस्तो नभएर भारतमा मजदुरी गरेर कमाएका नेपालीहरुको स–सानो वचतदेखि, गृहिणीको वचतका साथै भारतमा औषधोपचार गराउन आएका नेपालीहरुले फर्काएका नोटहरु पनि रहेका छन्। द्विपक्षीय सम्बन्धलाई पेट्रोलियम पाइपलाइन चरणमा पुर्याइसकेको भारतले नोट समायोजनको विषयमा यतिको ढिलाइ किन गरेको ? आशा गरौं अर्थमन्त्रीद्वयको द्विपक्षीय भेटमा ‘नेपालमा रहेका भारतीय पुराना नोट साटिने भयो’ भन्ने खबर बाहिरियोस्।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह
  • चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते
  • जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न
  • नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आँखा पोल्ने वा दुख्ने समस्या छ? अपनाउनुस् यस्ता उपाय

    चिसोमा छालालाई यसरी जोगाउन सकिन्छ

    अजय नागर उर्फ ‘क्यारीमिनाटी’

    युवाको शक्ति र जागर सहि स्थानमा लगाए देशको मुहार परिवर्तन हुने–जसपा अध्यक्ष यादव

    पब्लिक एफ.एमद्धारा शनिबार श्री नृसिंह माबिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    समाचार
    News

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    News

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    News

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    News

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    News

    गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑