• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अचाक्ली महँगीले उपभोक्ता मारमा, सरकार भन्छ– कोही ठगीएका छैनन्

  • वीरगंज संजाल
  • १६ आश्विन २०७६, बिहीबार ०९:०६
  • ३४२५

    काठमाडौं । दसैंलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य सामानको मूल्य निकै आकासिएको छ । बजार अनुगमनमा प्रदेश तथा स्थानीय सरकारको उपस्थिति नभएकाले शहरदेखि गाउँसम्म नै महँगी चुलिएको छ ।

    बजारमा भएको अचाक्ली महँगीका कारण उपभोक्ता मारमा परेका छन् । चाडपर्वका समयमा हरेक वर्ष उपभोक्ता ठगिनुपरेको उपभोक्ताले गुनासो गर्दै आइरहेका छन् ।

    सरकारले विभिन्न बजारमा अनुगमन गरी बढी मूल्यमा सामान बेच्नेलाई कारबाही गर्दै आएको बताए पनि त्यसको प्रभावकारितामा पश्न उठ्न थालेको छ ।

    चाडपर्वको मौका छोपी उपभोक्तालाई ठग्न सक्रिय बिचौलियाहरूलाई कारबाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाभित्रका बजारमा अनुगमन गरे पनि राहत पाएको महसुस नभएको उपभोक्ताको गुनासो छ ।

    उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन महँगी नियन्त्रण गर्न सरकारको भूमिका शून्य देखिएको बताउँदै भन्छन्, ‘सरकारले बजारमा उपस्थिति देखाउनै सकेन । विभागसँग एकदमैसीमित जनशक्ति भएकाले एउटा क्षेत्रमा अनुगमन गरे अर्काेतिर छुट्ने भएकाले बिचौलियाले खेल्ने मौका पाएका छन् ।’

    विगत तीन वर्षको तुलनामा अहिले महँगी बढेको बताउँदै उपभोक्ता हित संरक्षण मञ्चका सचिव पनि यस्तै विचार व्यक्त गर्दै भन्छन्, ‘सरकारले बजारमा कम उपस्थिति देखाएकाले आवश्यकताअनुसार अनुगमन गर्न नसक्दा जनता मारमा परेका छन् ।’

    यद्यपि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महँगी नियन्त्रणका लागि सरकार सदैव गम्भीर रहेको दाबी गरेको छ ।

    विभागका महानिर्देशक योगेन्द्र गौचन बजार अनुगमन तीव्र पारिएकाले उपभोक्ता ठगीमा नपरेको दाबी गर्छन् । तर, सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गरेपछि केही वस्तुमा कर बढाएकाले महँगी बढेको गौचनको तर्क छ ।

    आजको नेपाल समाचारपत्र दैनिकमा परिवर्तन देवकोटाले यो समाचार लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑