एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले लेकोमोटिभ मस्कोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
समूह ‘डी’को खेलमा जोओ फिलिक्सले च्याम्पियन्स लिगमा पहिलो गोल गरेका छन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको एट्लेटिकोले दोस्रो हाफमा दुई गोल गरेका हुन् । फिलिक्सले ४८ औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५८ औँ मिनेटमा थोमसले गोल गर्दै एट्लेटिकोलाई २–० गोलको सहज जित दिलाए । जितसँगै एट्लेटिको दुई खेलबाट ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । मस्को क्लब ३ अंकसहित तेस्रो स्थानमा छ ।