काश्मीरमा ९ वर्षको बच्चासहित १४४ बालबालिका पक्राउपछि छाडियो
वीरगंज संजाल
१५ आश्विन २०७६, बुधबार १०:०९
३२६१
नयाँ दिल्ली । जम्मु काश्मीर किशोर न्याय समितिले त्यहाँको हिरासतमा अहिले कोही पनि बच्चा नरहेको जनाएको छ । उसले आफ्नो रिपोर्टमा संविधानबाट धारा ३७० खारेज गरिएपछि सय भन्दा बढी बालबालिका गिरफ्तार गरिएको भए पनि पछि छोडिएको जनाइको छ । आफ्नो रिपोर्टमा अवैध रुपमा कुनै पनि बच्चालाई हिरासतमा नराखिएको जनाउँदै काश्मीरको विशेष दर्जा खारेज गरिएपछि त्यहाँ १४४ जना नाबालग पक्राउ गरिएकोमा उनीहरु ९ देखि ११ वर्ष सम्मका पनि रहेको समेत उल्लेख गरिएको छ ।
ती बच्चालाई गिरफतार गरिएकोमा सोही दिन छोडिएको थियो । भारतले गएको अगस्ट ५ का दिन संविधानको धारा ३७० खारेज गरेको थियो । (बीबीसी)