झारखण्ड । भारतको झारखण्डमा गएका ६ वर्षमा गोहत्यामा ५३ जनाविरुद्ध मुद्धा दर्ता भए पनि कसैको बारेमा पनि अभियोग पुष्टि नभएको पाइएको छ । इन्डियन एक्सप्रेसले आज बनाएको समाचारमा १६ वटा घटनामा ५३ जना विरुद्ध मुद्दा परे पनि उनीहरुको विरुद्धको अभियोग पुष्टि हुन नसकेको हो ।
गाईको मासु परीक्षण गर्न नसकिएको र साक्षी बस्न पनि कोही नआएकाले अभियोग प्रमाणित हुन नसकेको हो । दुईवटा मुद्दामा भने बजरंग दलका मानिस साक्षीको रुपमा नाम लेखाए पनि अदालतमा बयान दिन भने उनीहरु पनि गएनन् । (बीबीसी)