काठमाडौं : यौन दुर्व्यवहार प्रकरणमा मुछिएर राजीनामा समेत दिइसकेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा आफू तनावमा त छँदैछन् त्यसमाथि यो प्रकरणले उनको परिवारमा समेत नयाँ झमेला थपिएको छ ।
एकातिर यो प्रकरणले पारिवारिक हिसावमा अनेक शंका थपिदिएको छ भने अर्कातिर राजनीतिक हिसावले संकट उत्पन्न भएको छ । राजनीतिक वृत्तमा हलचल ल्याएको यो प्रकरणले महरा परिवारमा बज्रपातनै पारेको बताइन्छ ।
महरा परिवारमा यो प्रकरणलाई लिएर ठूलो हलचल पैदा भएको छ । महराका छोराहरु निर्मल महरा ‘एटम’ र राहुल महराले यो व्यवस्थामाथि नै चुनैती दिएका छन् ।
माओवादीद्वारा सञ्चालित जनयुद्धमा होमिएका निर्मल र राहुल अहिले बुबा महरामाथि विदेशी शक्ति केन्द्र र पार्टी भित्रकै केही नेताहरुको ग्राइण्ड डिजाइनमा आरोप लगाइ राजनीतिक जीवन समाप्त पार्न खोजेको संकेत गर्दै यो व्यवस्थामाथि नै प्रश्न उठाएका छन् ।
हिजो (मंगलबार) अपराह्न निर्मल र राहुलले एक प्रकृतिको फेसबुक स्टाट्स लेख्दै पार्टीका केही नेता र विदेशी शक्ति केन्द्रको षड्यन्त्र महरा सर माथि भएको सन्देश प्रवाह गरेका छ । त्यस्तै उनीहरुले सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहको ‘क्रान्ति’मा सामेल हुने धम्कीपूर्ण स्टाट्स राखेका छन् ।
उनीहरुले क्रान्तिकारीहरुसँग फेरी भेट हुने भन्दै जनयुद्धकालको हतियार बोकेको फोटो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।