वीरगन्ज । अनुदानको मल बजारमा बिक्री हुन थालेपछि वीरगन्जका किसान मर्कामा परेका छन् । धान बालीमा मल छर्न नपाएको गुनासो किसानको छ ।
मल वितरणको जिम्मेवारी लिएको सहकारी संस्थाले बजारमा बेच्दा बोरामा ३ सय रुपैयाँसम्म नाफा पाउँछन् । किसानलाई बेच्दा ५० रुपैयाँ पनि नाफा नपाउने भएपछि उनीहरूले बजारमा लगेका हुन् ।
सहकारी संस्थाले वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया प्रतिबोरा ७ सय र डीएपी २ हजार १ सय रुपैयाँमा लिने गरेका छन् ।
पर्साको पोखरिया नगरपालिका–९ सेमरवारीबर्वाको ताजा कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट असोज २ गते खरिद गरेको एक सय बोरा युरिया मल जितपुर बजारका व्यापारीलाई बिक्री गरेको पुष्टि भएको छ ।
सहकारीले अनुदानको मल व्यापारीलाई बिक्री गरेको पाइएको कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जका प्रमुख गोविन्दप्रसाद पराजुलीले बताए ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा क्रान्ति शाहको बाइलाइनमा यो समाचार प्रकाशित छ ।