पर्सा। अभिनेता विपिन कार्कीले मुख्य भूमिकामा अभिनय गरिरहेको फिल्म सेल्फी किङको सुटिङ पूरा नहुँदै विदेशबाट यसको माग भएको छ ।
प्रसादजस्तो सफल फिल्म निर्माण गरेको समूहले बनाउँदै गरेको फिल्म खरिदका लागि विदेशमा प्रदर्शन गर्ने वितरकले माग गरेको निर्माण समूहले दाबी गरेको छ ।
निर्माता सुभाष थापाका अनुसार अस्ट्रेलियाका लागि प्रसाद प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेन्टले नै सेल्फी किङको प्रदर्शन अधिकार खरिद गरेको छ । गोर्खेले २५ लाख रुपियाँमा अस्ट्रेलियाको प्रदर्शन राइटस् खरिद गरेको हो ।
यस्तै युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हङकङ, मलेसियालगायतका देशबाट पनि फिल्मको प्रदर्शन राइट्स् खरिदका लागि प्रस्ताव आइरहेको थापाले बताएका छन् ।