Birgunj sanjal | मेयर पदका उम्मेदवारहरू | Birgunj sanjal | पार्टी चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | राजेशमान सिंह | ![]() | छाता | 24964 |
![]() | विजयकुमार सरावगी | ![]() | सुर्य | 12874 |
![]() | गिरीश गिरी | ![]() | हलो | 1546 |
Birgunj sanjal | उपप्रमुख पदका उम्मेदवारहरू | Birgunj sanjal | चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | इम्तियाज आलम | ![]() | गाछी | 17404 |
![]() | पुरुषोतमलाल झा | ![]() | साइकल | 3747 |
![]() | बिना जैसबाल | ![]() | हलो | 2758 |
![]() | रम्भा मिश्रा | ![]() | गुलाफ | 2283 |
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जटिल प्रकृतिका निर्माण कार्य उपभोक्ता समितिमार्फत नगराउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धानले दिएको सुझावको आधारमा मन्त्रालयले मंगलबार ७ सय ५३ वटै स्थानीय तहलाई सो निर्देशन पालना गराउन पत्राचार गरेको हो ।
समितिमार्फत ठूला पूर्वाधार निर्माण कार्य गराउँदा गुणस्तरीयताको सवाल उठेको भन्दै मन्त्रालयले सो निर्देशन दिएको मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए ।
मन्त्रालयका सूचना तथा प्रविधि शाखाका अधिकृत शेखरनिधि पौड्यालले मन्त्रालयको निर्णयअनुरूप कार्यान्वयनका लागि सातवटै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लेखी पठाएको बताए ।
बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर–ढाडखोला मोटर बाटो निर्माणमा अनियमितता गरेको भन्ने उजुरीबारे गरेको निर्णयलाई आधार मान्दै आयोगले मन्त्रालयलाई सो सुझाव दिएको थियो । प्राविधिक रूपले जटिल कामहरू उपभोक्ता समितिमार्फत गराउँदा निर्माण भएको संरचनाको तोकिएको गुणस्तरमा निर्माण नहुने आयोगको निर्णय गरेको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा सुनील महर्जनले यो समाचार लेखेका छन् ।