आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टाको पूजा गरिँदै
वीरगंज संजाल
१४ आश्विन २०७६, मंगलवार ०९:३४
४९५९
काठमाडौं । आज घटस्थापनापछिको तेस्रो अर्थात् नवरात्रको तेस्रो दिन । आज हिन्दू धर्माबलम्भीहरुले विभिन्न शक्तिपीठहरुमा देवी चन्द्रघण्टामो पूजाअर्चना गर्ने गर्दछन् । चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ ।
जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन चन्द्रघण्टा देवीको योगदान रहेको मान्यता छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुँदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको पौराणिक कथन छ ।
चन्द्रघण्टाको शीरमा अर्धचन्दैको आभूषण हुने र यो मुकुट घण्टजस्तो देखिने भएकाले यी देवीलाई चन्द्रघण्टा भनिएको जानकारहरु बताउँछन् ।
बाघमाथि चढेकी चन्द्रघण्टाले क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र धर्म र सत्यको रक्षा गर्न यस लोकमा अवतरण गरेको पौराणिक मान्यता छ ।