वीरगंज । थारु–१ संस्थाको आयोजनामा वडा दशै, दिपावली तथा छठको अपसरमा शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न गएको छ । वीरगंज पाठशालामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि सामाजिक अभियान्ता प्रकाश थारुले थारु समुदायको जिवन शैलीमा बिस्तारै परिवर्तन आईरहेको बताउनु भयो । थारु समुदायको संचारमा आएको उपस्थीती साकारात्मक भएको अभियान्ता थारुले बताउनु भयो ।
थारु संस्कृतिको संवद्धन तथा प्रब्द्धन अति अवस्यक रहेको पनि बहाँले बताउनु भयो । थारु–१ संस्थाको अध्यक्ष खेम राज थारुको अध्यक्षतामा भएको सो कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय पार्सद नन्दकिशोर पंजियार, पटेर्वा सुगौली गाउँपालिकाको उप प्रमुख मम्ता महतो थारु, मेलमिलाप थारु परिवारका अध्यक्ष मनोज चौधरी, थारु नागरिक समाज, बारा, पर्सा रौतहटका अध्यक्ष परमानन्द चौधरी, पब्लिक एफ.एमका निदेर्शक शम्भु महतो थारु, साउथ जोन मा.बिका प्र.अ सरोज चौधरी, ग्लोबल बिजनेस कलेजका निदेर्शक तथा प्र.अ.श्री राम चौधरी लगायतकाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण बिजया आझौयाले गर्नु भएको थियो ।