पर्साका नेताहरुको छवी बिकास बिरोधी, वीरगंजको सडक फराकिलो बनाउन युवाहरुको संघर्ष समिति गठन
वीरगंज संजाल
११ आश्विन २०७६, शनिबार ०८:५३
६५०३
बीरगंज। वीरगंजको मेनरोड २५र२५ मिटर फराकिलो नबाउने डेलिगेसन गएका नेताहरुको बिरुद्ध शुक्रबार युवाहरु बैठक बसेका छन ।
त्रिभुवन राजमार्ग अन्र्तगत मकवानपुरदेखी वीरगंजको शंकराचार्य गेट सम्मको सडक फराकिलो नबाउने तर्फ लागेका नेताहरुको बिरुद्ध भेला भएका वीरगंजका युवाहरु युवा संघर्ष समिति गठन गर्ने समेत निर्णय गरेका छन ।
युवाहरुको जमातले बीरगंजको बिकासका निम्ति विकास विरोधीहरुको बिरोध गर्न युवा बिकास संघर्ष समिति गठन गर्ने निर्णय गरेको वीरगंज मुर्लीका युवा अकलेश साहले बताए ।
नेकपा, कांग्रेस र राजपा पर्साका केही नेताहरुको टोली केही दिन पहिला भौतिक पुर्वाधार तथा यातायात मन्त्रि रघुविर महासेठ कहा सडक फराकिलो नगर्न डेलिगेसन गएपछि बीरगंजका युवाहरु आक्रोशित भएका छन ।
बैठकले सबै युवाहरुलाई समेटेर सक्रिय रुपमा बिकासतर्फ अग्रसर बनाउने, बिकास बिरोधीहरुको बिरोध तथा भण्डाफोर गर्ने, बीरगंजलाई प्रदेश राजधानी बनाउन संघर्ष गर्ने र नारायणी रंगशालालाई प्रदेश स्तरीय रंगशाला बनाउन संघर्ष गर्ने लगायतका निर्णयहरु समेत गरेका छन् ।
सडक चौडागरेर आधुनीक बीरगंज निर्माणकालागि योगदान दिन आजको पुस्ताले राजनीतिक नेतृत्वलाई अपिल गरिरहेको छ । तर राजनीतिक नेतृत्व आजको पुस्ताको अपिलको वेवास्ता गर्दै त्रिभूवन राजमार्गको राइट अफ वे भित्र निर्माण भएका ब्यक्तिगत संरचनाहरुको संरक्षणमा लागेका छन ।
बीरगंज ऐतिहासिक शहर र सडकका बिकल्प भएकोले बीरगंज भत्काउन नहुने तर्क पनि गर्न थालिएको छ । ऐतिहासिक हुनुको मापदण्ड के हो ? ऐतिहासिक भन्नेहरुले यसबारेमा केही बताएका भने छैनन ।
तर त्यतीको आधारमा सडक बिस्तार रोक्न नहुने आजको पुस्ताको माँग छ । दिनहु घण्टारदेखी माइस्थान सम्म पटक पटक जाममा पर्नेहरुले सडकमै यस्तो जाम हुदा पनि बिस्तार गर्न नहुने भन्दै नेताहरुप्रति आक्रोश ब्यक्त गर्दै आएका छन । यस्तो परिवेशमा केही नेताहरुको छवी बिकास बिरोधी बन्ने पक्का छ । त्यही नेतृत्वलाई भोलीका दिनमा जनताले कसरी पत्याउछन बिचारणीय भएको छ ।
युवाहरुले वीरगंजको सडक फराकिलो नगर्न तर्फ लागेकाहरुको बिरुद्ध बिरोध प्रदर्शन गर्ने समेत तयारी गरेका छन । बैठकमा महम्मद निजामुदिन, अकलेश साह, महमुद अन्सारी, बिकेश पटेल, लालबाबु यादब, सन्दिप साह, शंभु साह, रामबाबु मण्डल, बाबुनन्द पटेल, रोशन सर्राफ लगायतको सहभागिता रहेको थियोyatradaily