• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    लाशमाथिको महाभोजमा के छ ?

  • वीरगंज संजाल
  • ११ आश्विन २०७६, शनिबार ०५:४३
  • ६०५७

    काठमाडौं । ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ ।

    चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ मा लेखेको उपन्यास हो ‘महाभोज’ ।

    भारतको लोकसभा र विधानसभाको उपनिर्वाचनको समय, दलित युवाको हत्या र सोही शव (लाश) मा हुने राजनीतिको अवस्था बोकेको उपन्यास महाभोजको नाट्य रुपान्तरण पनि मन्नुले नै गरेकी थिइन् । सोही उपन्यासलाई कवि विप्लव ‘प्रतिक’ले नेपालीमा नाट्य रुपान्तरण गरेका छन् । मण्डला थिएटरमा प्रदर्शन भइरहेको उक्त नाटक कताकता नेपालको वर्तमान घटनापरिघटनासँग पनि मिल्दोजुल्दो देखिन्छ ।

    सीतापुर गाउँको कथा बोलेको छ उक्त नाटकले । शहरबाट मुश्किलले २० किलोमिटर दूरीको उक्त गाउँ केही वर्षअघि भने टाढाको लाग्थ्यो । गाउँमा घटना घटे शहरले सुइकोसमेत पाउँदैनथ्यो । तर, अचेल त्यो दुरी रहेन ।

    एक दिन गाउँको पुच्छारमा रहेको दलित बस्तीमा आगो लाग्यो । नौजना मानिससहित झुप्रा जले । बचेका मानिस दौडादौड गरेर चौकी पुगे । त्यसदिन ‘सई साहेब’ छुट्टीमा थिए । शहरको दमकलको फोन पनि उठेन…. शवमाथि अब यहीबाट राजनीति शुरु हुन्छ । घटना मन्त्रीसम्म पुग्छ ।

    त्यही गाउँको घटनाका जानकार विद्रोही स्वभावका युवा विसु हुन्छन् । उनको रहस्यमय मृत्युु हुन्छ । हतारमा ‘पोष्टमार्टम’ गरेर शव जले पनि घटना सेलाउँदैन । घटनाले सञ्चारमाध्यममा उच्चस्थान पाएपछि राजनीति शुरु हुन्छ । मुख्यमन्त्रीकोमा घटना पुग्छ । तर, जसरी दोषी पत्ता लगाउने हो त्यो हुँदैन । हुन्छ त जालझेल र षड्यन्त्र मात्रै । यस्तैयस्तैमा कथा घुम्छ ।

    अन्त्यमा, त्यही खुशीयालीमा महाभोज गरिन्छ । चालिस वर्षअघि लेखिएको ‘महाभोज’ अहिले पनि नेपाली समाजमा हुने घटनासँग मिल्दोजुल्दो छ । राजनीति, प्रहरी र पत्रकारिताको विकृत रुपलाई नाटकले उतारेको छ ।

    निर्देशक अनुप बराल भन्छन्, “षडयन्त्रको चक्रब्यूहभित्र जनता कसरी फसेका छन्, निर्वल आम मान्छेको छटपटी, आक्रोस, र निराशाको गम्भीर गाथा बुनेको छ नाटकले ।” उनले नाटकमा समकालीन घटनालाई ऐतिहासिक समयमा हेर्ने प्रयत्न गरिएको बताए । राजनीति र सामाजिक अन्तरविरोधलाई नाटकले देखाइदिएको छ । भ्रष्ट राजनीतिले समाजलाई नै विसङ्गत बनाइदिन्छ भन्ने सजिव चित्रण हो नाटक ‘महाभोज’ ।

    दलित बस्तीमा भएको आगजनीको तथ्य खोज्दा विसु मारिनु, चुनावको समयमा प्रहरी, पत्रकार र राजनीतिक गठजोड र सम्झौता कथाका मार्मिक विषय हुन् । शुरुमा आत्महत्या, अनि हत्या र पछि आफ्नै साथीबाट मारिएको प्रतिवेदन बनाइनु । अनि विसु हत्याको विरोध गरिरहेको मित्रलाइ नै हत्यारा बकाइनु र चरम यातनाबाट हिरासतमै ज्यान लिइनुले समाजमा हुने विकृतिको पाटोलाई नाटकले छर्लङ्ग पारेको छ ।

    तथ्यभन्दा भावना र बहकाउमा लाग्ने पत्रकारितालाई समेत नाटकले व्यङ्ग्य गरेको छ । अन्ततः राजनीतिबाट प्राप्त साझा सफलतामा सबैको ‘महाभोज’ चल्छ । यही तीन ‘पी’ प्रेस, पोलिटिक्स र पुलिसको भोज हो नाटक ‘महाभोज’ ।

    भारतीय साहित्यकार मन्नुुको उपन्यासबाट अनुवाद गरिए पनि ‘महाभोज’मा मौलिकता छ । नाटकमा विप्लव प्रतिक, रमेश बुढाथोकी, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, राज न्यौपाने, विजय बराल, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, घनश्याम जोशीलगायत कलाकारले अभिनय गरेका छन् ।

    गजवको नाटक रहेको प्रतिक्रिया दिँदै काठमाडौँ रामकोटका दीपेश खनालले भने, “अहिलेको समाजसँग मिल्दो जुल्दो छ, एउटा नागरिकको मृत्युमा राजनीति गरेर कसरी फाइदा लिन केसम्म गरिँदो रहेछ भनेर यसले प्रष्ट देखाइदिएको छ ।”online

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑