• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेनरोड अतिक्रमणबारे राजनीतिक दलहरूबीच मतान्तर, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

  • वीरगंज संजाल
  • ११ आश्विन २०७६, शनिबार ०५:२३
  • ६०३१

    वीरगंज|त्रिभुवन राजपथ अन्तर्गत हेटौंडादेखि वीरगंजसम्मको अतिक्रमित सडक खाली गराउन वीरगंज–पथलैया व्यापारिक मार्गले सूचना जारी गरेपछि लामो समयदेखि सडक फराकिलो हुनबाट वञ्चित हुँदै आएको वीरगंजको मेनरोडवासी अहिले पुनः आतङ्कित भएका छन् ।  

    वीरगंज–पथलैया व्यापारिक राजमार्गले सूचना जारी गरेर छठपछि अतिक्रमण खाली गराउने भनेपछि यस विषयलाई लिएर अहिले वीरगंजका मेनरोडवासीहरू आतङ्कित भएका हुन् । तीन दशकदेखि सडक विभागले असारमा सूचना जारी गर्ने र त्यसपछि मेनरोडवासीको विरोध र दबाबले कार्यान्वयन अवरुद्ध हुँदै आएको थियो । वीरगंजको गण्डकसम्म सडक विभागले अतिक्रमण हटाउने कार्य सम्पन्न गरेपनि त्यस अगाडि बढ्न सकेको छैन ।

    यसपटक पनि गण्डकको बाइपाससम्म अतिक्रमण हटाउने कार्य सम्पन्न भइसकेको छ । त्यसभन्दा यता सूचना जारी भएपछि मेनरोडमा रहेका घरधनीहरूले विरोध र दबाब शुरू गरिसकेका छन् । यसैक्रममा मेनरोडमा रहेका घरधनीहरू सङ्गठित भएर बनेको संस्था ‘वीरगंज बचाऊ सङ्घर्ष समिति’ले सर्वोच्च अदालतमा क्षतिपूर्तिको लागि रीट दायर गर्नुका साथै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग भेटघाट तथा छलफल गरेको छ ।

    हालै गरेको छलफलमा मन्त्रीले घण्टाघरदेखि भन्सारसम्मको क्ष्Fेत्रको अवलोकन गर्ने र त्यसपछि मात्रै अतिक्रमणको सम्बन्धमा निर्णय दिने आश्वासन दिएका छन् । मन्त्रीसँग छलफल गर्न समितिका संयोजक पुरेन्द्रकिशोर लाभको नेतृत्वमा राजपाका सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्ण, पूर्वसांसदहरू राजकुमार गुप्ता, जुनैद अन्सारी, नागेन्द्र चौधरी, रामचन्द्र साह, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेका पर्साका सभापति अजय द्विवेदी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, पूर्वअध्यक्ष प्रदीप केडियालगायतको सहभागिता थियो ।

    मन्त्रीसँगको छलफलमा सहभागीहरूले  वीरगंजको मेनरोडको अतिक्रमण बचाउन गएको हल्लाबाजी भएको छ । यस सन्दर्भमा मन्त्रीसँग छलफलमा रहेका राजपाका सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले न्यूनतम क्ष्Fति हुने गरी सडक फराकिलो गर्नुपर्ने छलफलमा कुरा राखेपनि राजपाका महासचिवद्वय शिव पटेल र राजेशमान सिंह तथा जिल्ला अध्यक्ष प्रेमबाबू पटेलले भने २५/२५ मिटर सडक फराकिलो गर्नुपर्ने बताए ।

    राजमार्गको विकल्प तयार भइसकेकाले वीरगंज शहरलाई भग्नावशेष बनाउनु आवश्यक नभएको तर्क गर्दै नेपाली काङ्ग्रेस पर्सा अहिले पनि आप्mनो अडानमा यथावत् छ । सो पार्टीका सचिव श्याम पटेलले घण्टाघरदेखि भन्सारसम्मको क्षेत्रबाट अतिक्रमण हटाउँदा थुप्रैलाई मर्का पर्ने हुँदा न्यूनतम क्षतिमा सडक फराकिलो गर्नुपर्ने बताए ।

    नेकपा, पर्साका अध्यक्ष प्रभु हजरा भने अतिक्रमण हटाउनुपर्ने पक्षमा आप्mनो सहभागिता नभएको प्रस्ट्याउँछन् ।
    आप्mनो पूर्व भनाइविपरीत अध्यक्ष हजराले पीडितहरूको कुरा सुन्नुपर्ने भएकोले आप्mनो सहभागिता भएको बताए । अतिक्रमण हटाउनुपर्ने पक्षमा उनले विगतमा कडा शब्द बोलेका थिए । तर अहिले उनी न्यूनतम क्षतिबाट सडक फराकिलो गर्न सकिने आपूmले विचार राखेको बताए । हजराले घण्टाघरदेखि छपकैयासम्मको क्ष्Fेत्रमा धेरैजनाको उठीबास लाग्ने भएकोले उनीहरूको हकमा सरकारले अतिक्रमण हटाएपश्चात् व्यवस्थापन गर्नुपर्ने आपूmले सुझाव दिएको बताए ।

    तर नेकपाका पूर्वसांसद राजकुमार गुप्ताले भने आप्mनो सहभागिता संयोग मात्र भएको बताएका छन् । उनले मन्त्रीसँग भेट गर्न गएको बेलामा टोली पनि छलफलको लागि पुगेको र आप्mनो सहभागिता भएको बताए । उनले वीरगंजको मेनरोड फराकिलो गर्ने विषयमा आपूm २५/२५ मिटर फराकिलो हुनुपर्ने कुरामा दृढ रहेको बताए । कुनैपनि हालतमा २५ मिटरभन्दा कम अतिक्रमण हटाउनु सरकारले अरूमाथि अन्याय गर्नु मात्र हुने उनको तर्क छ । सबैलाई समानरूपमा व्यवहार गर्ने हो भने सडक नियम अनुसार अतिक्रमण हटाएसरह वीरगंजमा पनि सोही नियम लागू गर्नुपर्ने गुप्ताको भनाइ छ ।

    सरकारमा सहभागी समाजवादी पार्टीका सांसद प्रदीप यादवले  वीरगंजको मेनरोड २५/२५ मिटर फराकिलो हुनुपर्नेमा जोड दिएका छन् । जीतपुर र परवानीपुरवासीलाई वीरगंजको मेनरोड अतिक्रमण नहटाउने हो भने पीडा हुने र उनीहरू विद्रोहमा उत्रन सक्ने सांसद यादवले प्रतिक्रिया दिए ।

    समाजवादी पार्टी पर्साका कार्यवाहक अध्यक्ष्F रामनरेश यादवले पनि वीरगंजको मेनरोड फराकिलो हुनुपर्ने पार्टीको धारणा रहेको बताए । उनले अन्तर्राष्ट्रिय राजमार्ग भएकोले यसको स्वरूप फराकिलो हुनुपर्ने बताए । सडक फराकिलो नहुँदा ट्राफिक समस्या बढेको उनको तर्क छ ।तर सोही पार्टीका वीरगंज महानगरका मेयर विजय सरावगी भने न्यूनतम क्षतिमा सडक फराकिलो गर्नुपर्ने बताउँदै आएका छन् । नगरसभाले पनि १५/१५ मिटर राजमार्ग फराकिलो गर्ने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयनको लागि मेयर सरावगीले मन्त्री महासेठलगायत सरोकारका पक्षसँग भेटेर पहल गर्दै आएका छन् ।

    महासचिवद्वय पटेल र सिंह तथा जिल्ला अध्यक्ष्F पटेलले जीतपुर–परवानीपुरको दुर्दशा भविष्यमा वीरगंजले बेहोर्नुनपरोस् भन्ने कुरालाई दृष्टिगत गर्दा तोड्ने भए अहिले नै २५/२५ मिटर तोड्नुपर्ने तर्क दिए । उनीहरूले जीतपुर र परवानीपुरमा पनि यसअघि सडक मापदण्डविपरीत न्यूनतम अतिक्रमण हटाइएको र पछि पुनः दोस्रोपटक अतिक्रमण हटाउनुपर्ने अवस्था आएको बताए । वीरगंजमा पनि अहिले २५/२५ मिटरभन्दा कम अतिक्रमण हटाउनुपर्छ भन्ने कुरा भविष्यको लागि खतरनाक हुनसक्ने उनीहरूको तर्क छ ।आजको  praticdaily मा लेखिए को छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑