• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / Breaking News

    गढीमाईको पशुबली निरुत्साहन गर्न सरकारी तहबाटै पहल

  • वीरगंज संजाल
  • १० आश्विन २०७६, शुक्रबार ०९:३६
  • २९३७

    वीरगन्ज : बाराको गढीमाई मेलामा दिइने पशुबली प्रथालाई निरुत्साहन गर्नका लागि बिहीबार वीरगन्जमा सर्वोच्च अदालतले सरकोरवालाहरुसंग छलफल तथा अन्तरकृया गरेको छ।

    अन्तरकृयामा सहभागीहरुले यसपालीको गढीमाई मेलामा पशुबली प्रथालाई निरुत्साहित गर्न सरकारले थालेको पहलमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
    उनीहरुले पशुबली दिए मात्रै पुण्य प्राप्ति र मनोकांक्षा पुरा हुन्छ भनेर कुनै पनि धर्म शास्त्रमा उल्लेख नभएको बताए। निरिह पशुको हत्या गरेर बली दिनुको सट्टा पशुबलीको विकल्प अपनाउनु पर्ने सुझाव पनि उनीहरुले दिए।

    गढीमाई मेलामा दिइने पशुबली रोक्ने माग गर्दै २०७१ सालमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७३ साल साउन २० मा पशु् बली प्रथालाई निरुत्साहित गर्न परमादेश जारी गरेको थियो। अदालतको उक्त फैसला कार्यान्वयन गर्नका लागि यसपालिको गढीमाई मेलामा पशुबली दिने प्रथालाई निरुत्साहित गर्न सबै पक्ष लाग्नु पर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिए।

    अन्तरकृयामा बोल्दै जनकपुर उच्च अदालत अस्थायी इजलाश वीरगन्जका मुख्य न्यायधीश डिल्लीराम आचार्यले गढीमाई मेलामा पुश बलीलाई निरुत्साहित गर्ने सर्वोच्चको फैसला, कार्यान्वयनका लागि स्थानीय तह, मेला समिति र सरकारी निकाय सबै पक्षलाई आग्रह गरे। तर सर्वोच्च अदालतको आदेशले मात्रै गढीमाई मेलामा पशुबलीको प्रथा रोकिने अवस्था नरहेको भन्दै उनले भने, ‘यसमा सबैभन्दा बढी भूमिका स्थानीय जनताको हुन्छ, बली प्रथालाई निरुत्साहित गर्न हरेकले पशुको मारकाट रोक्न घरबाटै सुरुवात गर्नु पर्छ।’

    वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले गढीमाई मेलामा दिइने पशुबलीको प्रथालाई निरत्साहित गर्न वीरगन्ज महानगरपालिकाले पनि भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता जनाए। धार्मिक शक्तिपिठहरूमा मानिसले आफ्नो स्वार्थका लागि निरिह पशुको बली दिने गरेको भए पनि पशुको बली दिएर पुण्य प्राप्ति वा मनोकांक्षा पुरा नहुने उनको जिकिर थियो।

    ‘म आफैँ पनि पशुबली प्रथाको घोर विरोधी हुँ’, नगर प्रमुख सरावगीले भने, ‘यदि बली दिनै नै हो भने पशुको बदलामा आफूभित्र रहेका दुर्गुणहरुको बली दिनु पर्छ।’

    गढीमाई मेलामा दिइने पशुबलीलाई निरुत्साहित गर्न सर्वोच्चले गरेको फैसला स्वागत योग्य रहेको उनले बताए। सरावगीले भने, ‘गढीमाई मेलामा पशुबली रोक्न गाँउ गाँउमा जनचेतनामुलक अभियान चलाउनु पर्छ,  त्यति गर्दा पनि पुश बली रोकिने अवस्था भएन भने सरकारले कानुनी डण्डा लगाएर भए पनि पशुबली रोक्नु पर्छ।’

    बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सर्वोच्चले पशुबलीलाई पूर्ण रुपमा रोक्न नभइ निरुत्साहित गर्न मात्रै आदेश दिएको स्पष्ट पारे। सर्वोच्चको फैसला कार्यान्वयनका लागि स्थानीय प्रशासनले सम्भव भएसम्मको प्रयास गर्ने  उनले बताए।

    केहि वर्षदेखि शक्तिपिठमा नरिवल, कुभिण्डो, घिरौँला आदिको सात्विक बली दिने प्रचलन पनि चलिरहेको भन्दै उनले भने, ‘यसपालीको गढीमाई मेलामा निरिह पशुको बली दिनुभन्दा सात्विक बली दिने प्रथालाई जोड दिनुपर्छ।’

    पशुबली रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन गरेका दि जेन् गुडअइल इन्स्टिच्युटका कार्यकारी निर्देशक मनोज गौतमले पशुबली रोक्न आफूहरुले ११ वर्षदेखि संघर्ष गर्दै आइरहेको जानकारी गराए। ढिलै भए पनि सर्वोच्च अदालतले गरेको फैसला स्वागतयोग्य रहेको उनले बताए ।

    अबको गढीमाई मेलामा पशुबली प्रथालाई कसरी सकेसम्म कम गर्न सकिन्छ भन्ने अभियान लिएर गाउँ-गाउँमा अहिले पनि आफूहरु पुगिरहेको उनले बताए। बुद्ध र शान्तिको देश भनेर विश्वमा चिनिएको नेपालको छवि माथि गढीमाईमा दिने पशुबलीका कारण उल्टो असर परेको गौतमको तर्क थियो।

    यसपालीको गढीमाई मेला, पशुको काटमार र रक्तपातबिना सम्पन्न गरेर शान्ति र बुद्धको जन्मभूमि नेपालमा दया र करुणाको भाव छ भन्ने सन्देश विश्वमा प्रवाह गर्न आफूहरु सफल हुने विश्वास लिइएको पनि उनले बताए।

    सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गोविन्दबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशनालयका निर्देशक शीवकुमार पोखरेल, पुर्वमन्त्री कलावती पासवान, जिल्ला अदालत पर्साका न्यायधीश प्रकाश खरेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराई, बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौर, बाराका सशस्त्र प्रहरी नायव उपरीक्षक न्युटन पुरी, बाराका दलित अधिकारकर्मी सिकेन्द्र पासवानका साथै पर्सा र बाराका सरकारी कार्यालयका प्रमुख र प्रतिनिधि, पशु संरक्षण अभियन्तता, युवा, विधार्थी, सञ्चारकर्मी लगायतको पनि सहभागिता रहेको थियो।

    तर गढीमाई मेलासँग सम्बन्धित अन्तरकृया कार्यक्रममा गढीमाई मेला ट्रष्ट सेवा, मेला सन्चालक समिति र स्थानीय पालिकाका जनप्रतिनिहरुको सहभागिता नभएको भन्दै कार्यक्रमको प्रभावकारिता माथि केहि सहभागीले गुनासो गरेका थिए।

    गढीमाई ट्रष्ट सेवाका अध्यक्ष रामचन्द्र साह तेलीले भने कार्यक्रमका बारेमा आफूलाई ढिलो खबर आएकाले सहभागी हुन नसकेको अन्नपुर्ण पोष्टकर्मीलाई बताए।

    बारा जिल्लाको गढीमाई मेला विश्वमै सबैभन्दा बढी पशुबली दिइने मेला हो। महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षको अन्तरालमा मेला लाग्छ। यो पालीको मेला मंसिर १७ गतेदेखि सुरु हुँदैछ। ३ दिन चल्ने मेलामा मंसिर १९ गते बली दिने दिन परेको छ। गढीमाईको मेलामा एकैदिन राँगा र पाडा गरी करिब २५ हजार पशुको बली दिने गरिन्छ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार
  • काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो
  • कालो चना खानुका फाइदाहरु !!
  • के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    कालो चना खानुका फाइदाहरु !!

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर एक जनाकाे मृत्यु

    नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    जनता समाजवादी पार्टी (जसपा) ले गरे मन्त्री फिर्ता बोलाउने निर्णय

    ६५ लाख जरिवाना तोकिएका दुई फरार प्रतिवादी पक्राउ

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर एक जनाकाे मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    News

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    News

    कालो चना खानुका फाइदाहरु !!

    News

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    News

    पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑