वीरगन्जको बसपार्क ठेक्कामा आर्थिक चलखेल, महानगरपालाई स-प्रमाण अदालतमा उपस्थित हुन आदेश
वीरगंज संजाल
१० आश्विन २०७६, शुक्रबार ०८:५५
५७०३
वीरगन्ज। वीरगन्ज महानरपालिकाले वीरगन्ज वस टर्मिलको ठेक्का सम्बन्धिमा १५ दिने आसय पत्र प्रकाशित गरी ठेक्का सम्झौता प्रक्रिया अगाडी वढाएकोमा सो ठेक्का प्रक्रियालाई तत्कालको लागि रोक्नु पर्ने देखिएको छ ।
वस टर्मिलको ठेक्का ८ करोड ५० लाखमा वीरगन्जकोकम्पनीले सकार गरेमा आर्थिक चलखेल गरी चितवनको एक कम्पनीलाई ७ करोडमा दिने प्रक्रिया वीरगन्ज महानगरपालिकाले अगाडी बढाएको भन्दै ठेक्का रद्द गर्नु पर्ने माग गरी श्री ऊँ साई निर्माण सेवा बहुअरी पिडारी ४ का प्रोपराईटर सन्नी यादवले उच्च अदालतमा ठेक्का रोक्का गर्न अन्तरिम आदेश मागे गरेका थिए ।
सो मुद्दा उपरको वहस सुने पछि ठेक्का रद्ध किन नगर्ने आसय सहित उच्च अदालतको अस्थाई इजलास वीरगन्जलले बिपक्षी वीरगन्ज महानगरपालिकालाई अन्तरिम आदेश जारी गदै १५ दिन भित्र सबुत प्रमाण सहित आदलतमा उपस्थित हुने आदेश दिएको छ । ठेक्का रोक्का गर्ने वारे अन्तरिम आदेश माग गरी परेको मुद्दा उपरको अर्को सुनवाई असोज २९ गते हुने मानिय भिमकुमार ज्युको एक इजालसले निर्णय गरेको छ । श्री ऊँ साई निर्माण सेवा कम्पनीले ठेक्कामा करोडौंको आर्थिक चलखेल भएको दावी गदै आएको छ ।
अदालतको आदेश अनुसार वीरगन्ज महानगरपालिकाले उच्च अदालतमा आफ्नो सह प्रमाण उपस्थित हुन पर्ने देखिएको छ । त्यस कारण ठेक्काको प्रक्रिया केहि लम्विल सक्ने भएको छ । नव निर्मित वीरगन्ज वस टर्मिलको ठेक्का सम्बन्धमा दुई कम्पनी प्राविधिकमा छनौट परेको अवस्थामा सबै भन्दा वढी रकम सरकार गरेको कम्पनीलाई ठेक्का दिनु पर्ने माग निर्माण व्यवसायीहरुले गर्दै आएको छ ।
वीरगन्ज महानगरपालिकाले महानगरलाई घाटा हुने गरी ठेक्का प्रक्रिया अगाडी वढाएको निर्माण व्यावासीहरुले आरोप लगाएको छ । ठेक्का हुने नहुने बिषयमा अब दुवै पक्षलाई अदालतको अन्तिम निर्णय कुर्नु नै बाध्यता भएको छ ।yatra daily