समुदाय – प्रहरी साझेदारी अन्तर्गत ” सामाजिक कुरिती विरुद्धको अभियानका लागि तयारी तथा अन्तरकृया कार्यक्रम सप्पन्न
वीरगंज संजाल
९ आश्विन २०७६, बिहीबार २०:५३
५१५९
बिरगंज। समुदाय – प्रहरी साझेदारि अन्तर्गत सामाजिक कुरिती विरुद्धको अभियानका लागी पुर्व तयारी तथा अन्तरकृया कार्यक्रम सप्पन्न भएको थियो ।वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरुको अध्यक्षतामा कार्यालय परिसरमा भएको सो अन्तरकृया कार्यक्रममा वक्ताहरुले आआफ्नो भनाई राखेका थिए ।
समाजमा हुने जतिपनि बिकृतीहरु छन त्योहो जाड , रक्सि , जुवा तास र आफ्नो बालबच्चाहरुलाई सानो उमेर देखिनै बाईक चलाउन दिने , गलत कार्य गर्नको लागी उसलाई पैसा दिने , आफ्नो बच्चाहरु पढ्न गएको छकी छैन त्यस तर्फ ध्यान नदिने , गलत कार्य गरेमा अभिवावकले नै ढाकछोप गर्ने , जस्ता कार्यहरुको रोकथाम बेलैमा आफैबाट सुरु गर्ने र समाजमा भैइ रहेको र देखि रहेको गलत कार्यको सुचना तुरुन्त नजिकैको प्रहरी चौकीमा खबर गरे केहि कम हुने वक्ताहरुको भनाई रहेको थियो ।
यस्ता कार्यमा समुदायमात्रले नभैई प्रहहरुले पनि गतत कार्य गर्नेलाई सजाय र सहि कार्य गर्नेलाई प्रोत्साहन गर्नु पर्ने पनि बताए।प्रहरी कसैको दबाबमा नआएर समाजमा भैइ रहेका गलत कार्यलाई निरुत्साहित गर्नु पर्ने पनि बताएका थिए ।त्यसै गरि सो कार्यक्रम नेपाल पत्रकार महासघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान , नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खडका , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष ओमप्रकाश खेतान, माईती नेपालका प्रमुख संगीता पुरि , सामाजिक अभियन्ता प्रकाश थारु , सामुदायिक सेवा केन्द्र मिनाबजारका
अध्यक्ष बिदुर गुप्ता , सामुदायिक सेवा केन्द्र बिर्ताका अध्यक्ष शालिकराम प्रसाद साह कानु , वडा न.३ का अध्यक्ष बैजु स्वर्णकार , वडा न.४ का अध्यक्ष जगत प्रसाद साह कानु , वडा न.५ का अध्यक्ष प्रदिप चौरसीया, बिद्यार्थी नेता निखिल बर्णवाल , पत्रकार होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त , मुनलाईट स्कुलका प्रिन्सिपल श्याम केसि , मास्कोट स्कुलका प्रिन्सिपल छेदुप लामा , मनकामना स्कुलका पुरन प्रधान , कंचनजंगा स्कुलका मार्टिन
मोक्तान , सामाजिक अभियन्ता सुस्मा दुबेदी तिवारी , मध्य नेपाल सन्देश पत्रीकाका प्रकाशक कबिता खडका , समाजसेबि खैरुदिन मिया , मानव सेवा आश्रम बिरगंजका दिवेश गुप्ता , बिजय रन्जितकार , सम्पुर्ण सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , प्रहरीहरु , विद्यार्थीहरु , अभिभावकहरु , सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन युवा विद्यार्थी नेता एवं व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्कीले गर्नु भएको थियो ।