• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    यौनिक अल्पसंख्यकमाथि हुने आपराधिक गतिविधि रोक्ने ब्यूरोको प्रतिवद्धता

  • वीरगंज संजाल
  • ९ आश्विन २०७६, बिहीबार १९:२०
  • ८३३५

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साईबर व्यूरोले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई फरक ढंगले नहेर्ने बताएको छ ।व्यूरोले सामाजिक संजालमार्फत समलिंगी, तेस्रोलिंगी, द्धिलिंगी र अन्तरलिंगी व्यक्तिमाथि हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिवद्ध रहेको बताएको छ ।

    पहिचान मिडियाको समन्वयमा व्यूरोका प्रमूख प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठ, पहिलो संविधान सभाका सदस्य एवं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता सुनिलबाबु पन्त सहित भएको छलफलमा व्यूरोले अनुसन्धान गोेप्य हुने जानकारी गराएको छ ।

    अनुसन्धान गोप्य हुने भन्दै व्यूरोले यो समुदायमाथि हुने अपराधलाई प्राथमिकतामा राख्ने समेत बताएको छ । कम्प्युटर वा अन्य उपकरणलाई माध्यम बनाएर वा अर्काको कम्प्युटरलाई लक्ष्य बनाएर कानूनले निषेध गरेको कृयाकलाप गर्नुलाई साइबर अपराध भनिन्छ ।

    विकसित देशमा डेटिङ एप या साइटमार्फत हुने अपराध नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि हुन थालेको पन्तले बताए । पन्तका अनुसार भारत, चीन, बैंकक, बेलायतलगायतका देशमा समलिंगीलाई लक्षित गरेर सुरु भएको केम सेक्स (केमिकल प्रयोग गरेर हुने यौन सम्बन्ध) नेपालमा पनि हुन थालेको छ ।

    अनलाइनबाट सम्पर्क स्थापित गर्ने र क्रिष्टल मेथ, जिएचवी लगायतका लागू पदार्थ सेवन गरेर यौन क्रियाकलाप गर्दा मृत्यु हुने खतरा हुन्छ पन्तले भने, नेपालमा विपरित लिंगीबाट सुरु भएको यसको प्रयोग अहिले समलिंगी तेस्रोलिंगीमा समेत सुरु भएको बताइएको छ ।

    पन्तले आफूमाथि भएको चरित्र हत्याका घटना सार्वजनिक गर्दा समाजमा झन अप्ठ्यारो पर्ने ठानेर प्रहरीकोमा यस्ता घटना नआएको हुन सक्ने बताए । खुलेका हुँदैनन्, डेटिङ एप या अनलाइनमार्फत सम्पर्क गरेर सम्बन्ध राख्दा समस्या आउन थालेको छ, उनले भने, यसलाई केन्द्रीय साईवर व्यूरोसम्म ल्याउन र समाधानगर्न सहज वातावरण बन्नु पर्छ ।
    व्यूरोका प्रमूख श्रेष्ठले अहिलेसम्म सामाजिक संजालमाफर्त यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिमाथि हुने अपराधको उजुरी नआएको बताए । प्रहरीकहाँ उजुरी दिन कुनै डर, त्रास मान्नु नपर्ने श्रेष्ठको भनाई छ ।

    व्यूरोका बरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिबारे प्रहरीलाई पनि जानकारी गराउन आग्रह गरे । ९५ प्रतिशतलाई यो समुदायमाथि सामाजिक संजाल प्रयोग गरेर अपराधिक काम हुन्छ भन्ने जानकारी नहुन सक्छ, उनले भने, सामाजिक संजालप्रयोगबारे यो समुदायका व्यक्तिलाई जानकारी दिन व्यूरो तयार छ । व्यूरोमा डेढ महिनामा २ सय ३६ वटा चरित्र हत्याका उजुरी परेको उनले जानकारी दिए ।

    व्यूरोका प्रहरी उपरीक्षक रेवती ढकालले यौनिकतथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति खुल्नु नखुल्नुसँग सरोकार नहुने बताए । उनले यो समुदायका व्यक्तिलाई फरक ढंगले नहेर्ने समेत बताए । सामाजिक संजाल प्रयोग गर्दा आफू पनि सचेत हुनुपर्ने उनको भनाई छ । डेटिङ साइटको दुरुपयोग गरेर आपराधिक क्रियाकलाप भए व्यूरोमा उजुरी दिन उनले आग्रह गरे ।

    छलफलमा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले पुरुषबाट पुरुष बलात्कारमा परेका घटना बाहिर नआउने गरेको सुनाए । प्रहरीले यस्तो पनि हुन्छ र भन्ने हो कि भन्दै यस्ता घटना बाहिर नल्याउने गरेको उनीहरुले बताए ।

    नेपालमा विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ ले कम्प्युटर सम्बन्धी कसूर एवं दण्ड सजायको सम्बन्धमा ५० हजार देखि २ लाख रुपैयाँसम्म जरिवाना तथा ६ महिनादेखि ५ बर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । साईवर अपराध भएको थाहा पाएको ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

    काठमाडौं उपत्यकाभित्रका व्यक्तिहरुले महानगरीय प्रहरी कार्यालय रानीपोखरी, अपराध महाशाखा टेकुमा निवेदन दिन सक्ने केन्द्रीय साईवर व्यूरोले जनाएको छ । व्यूरोका अनुसार काठमाडौं उपत्यका बाहिरका व्यक्तिहरुले आफ्नो नजिकको प्रहरी कार्यालय माफर्त केन्द्रीय साईवर व्यूरोमा निवेदन दिन सक्ने व्यवस्था छ ।

    नेपालमा ईमेल मार्फत जथाभावी धम्की दिने तथा नगद माग गर्ने देखिएको छ । यस्तै सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्बीर प्रयोग गरेर, प्रोफाईल पेज खोलेर बेईज्जत गर्ने तथा दुख दिने र बिभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी ईन्टरनेटमा राख्ने देखिएको छ । यस्तै सर्जकका मौलिक सिर्जना चोरी गरी प्रतिलिपि बनाउने तथा बिक्री गर्ने, अश्लिल सामाग्री ईन्टरनेटमा राख्ने तथा अरुलाई पठाउने जस्ता साईवर अपराधका प्रकृतिहरु देखिएको व्यूरोले जनाएको छ ।

    व्यूरोका अनुसार मोवाईल मार्फत धम्कीपूर्ण एस.एम.एस. पठाउने तथा एस.एम.एस. मार्फत जुवा, लट्रि संचालन गर्ने, सरकारी तथा अन्य संस्थाको वेवसाइट ह्याकिङ गर्ने, सामाजिक संजालमा साथी बनाई च्याट गर्ने, बहुमुल्य सामान पठाईदिन्छु भनी फोटो पठाउने र सामान प्राप्त गर्न कष्टमक्लियरेन्स गरे पश्चात सामान आउने भनी बैंकमा नगद जम्मा गर्न लगाई ठगी गर्ने लगायतका साईवर अपराधका प्रकृति देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑