• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    मेयर पदका उम्मेदवारहरूचुनाव चिन्हपार्टी कुल मत
    राजेशमान सिंहछाता जनता समाजवादी पार्टी, नेपाल13724
    विजयकुमार सरावगीसुर्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)6927
    गिरीश गिरीहलो राष्ट्रिय प्रजातन्त्र पार्टी541

    उपप्रमुख पदका उम्मेदवारहरूचुनाव चिन्हपार्टीकुल मत
    इम्तियाज आलमगाछीनेपाली कांग्रेस8972
    पुरुषोतमलाल झासाइकल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल1766
    बिना जैसबालहलोराष्ट्रिय प्रजातन्त्र पार्टी919
    रम्‍भा मिश्रागुलाफ स्वतन्त्र1175

    थप विवरण
    होमपेज / देश

    जनशक्ति नभएपछि मालपोतको अनलाइन सेवा प्रभावित, मर्कामा सेवाग्राही

  • वीरगंज संजाल
  • ९ आश्विन २०७६, बिहीबार १९:१८
  • २६३३

    काठमाडौं । मालपोत कार्यालय बर्दिवासमा सुरु भएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिस्ट्रेसनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा सुरु गरेको थियो । तर दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो ।

    कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको अभाव खट्किएको छ । एक उपसचिव, दुई अधिकृत, सात नायब सुब्बा, तीन खरिदार, एक सहलेखापाल, दुई कम्युटर अपरेटर र चार कार्यालय सहयोगीसहित २० जना कर्मचारीको दरबन्दी भए पनि अहिले १० जना मात्र रहेको कार्यालयका निमित्त प्रमुख कमलरञ्जन बरालले जानकारी दिए । त्यसमा पनि ३ जना मात्र स्थायी कर्मचारी हुन् । अरु करारमा नियुक्त भएका हुन् । भएका कर्मचारी कम्प्युटर चलाउन पोख्त (सिपालु) नभएपछि समस्या बढेको उनले बताए ।

    ‘मालपोत विभागले अनलाइन सेवा सुरु गर्न निर्देशन गरेपछि सोअनुरुप काम त थालियो,’ निमित्त प्रमुख बरालले भने, ‘कार्यालयमा दक्ष जनशक्तिको अभाव छ, सेवा लिन आउने सबैको काम सक्न सकस छ ।’ सरदर दैनिक कम्तीमा १५ वटा रजिस्ट्रेसन गर्दै आएको कार्यालयले अनलाइन सेवा सुरु गरेपछि चार÷पाँच वटा टुंग्याउन पनि हम्मेहम्मे परेको बरालको भनाइ छ ।

    ‘काम लिएर सेवाग्राही आउनुभएको छ, तर सबैको काम हेर्ने, गरिदिने जनशक्ति हामीसँग छैन,’ कार्यालयको समस्या दर्शाउँदै उनले भने, ‘अब टाढा–टाढाबाट काम लिएर आएका सेवाग्राही सबैको काम हुन नसकेपछि हप्कीदप्की हामीले सुन्नुपर्छ ।’ तन्दुरुस्त अभिलेख र पारदर्शी सेवा प्रवाहका लागि ‘अनलाइन’ सेवा उपयुक्त भए पनि जनशक्तिको अभाव र सेवाग्राहीको चापले दैनिक कार्यालय प्रयोजनका काम सक्न अप्ठ्यारो परेको कर्मचारी बताउँछन् ।

    अनलाइन सेवा सुरु भएयता दैनिकजसो सेवाग्राही काम नसकेरै घर फर्कनुपरेको छ । एउटा रजिस्ट्रेसनमा लिने, दिने र दिनेका एकाघर सगोलका व्यक्ति साक्षी बस्न आउनुपर्दा कम्तीमा तीनजना जोडिन्छन् । यस्ता १० रजिस्ट्रेसनसम्बन्धी मान्छे जोड्दा दैनिकजसो ३० जना काम नसकिएर फर्कनुपर्ने स्थिति बनेको छ ।

    दैनिक सेवा लिन आउने सेवाग्राही र एक दिन पहिले काम नसकिएका सेवाग्राही थपिँदा कामको चाप बढ्दै गएर कार्यालयप्रति गुनासो निकै बढेको छ । जनशक्तिको व्यवस्थापन नै नगरी अनलाइन सेवा सुरु गर्दा सर्वसाधारणको सास्ती बढेको कार्यालयकै कर्मचारी मोहन पोखरेलको स्वीकारोक्ति छ ।

    यसअघि एक दिनमै फत्ते हुँदै आएको काममा लगातार दुई÷तीन दिन धाउनुपर्दा सेवाग्राही आजित भएका छन् । ‘तपाईंको काम आज भ्याइँदैन, भोलि आउनुहोस्,’ कर्मचारीको भनाइ उद्धृत गर्दै कार्यालय परिसरमा रहेका एक सेवाग्राहीले भने, ‘हेर्नोस हजुर २० किलोमिटर पर खयरमाराबाट आएका छौं, काम नहुँदा समय र पैसा दुवैको क्षति भयो ।’ कार्यालयले सेवाप्रवाह गरिरहेमध्ये बर्दिवास नगरपालिकाको खयरमारा, पर्साहीधाप, रजवास र भङ्गाहा नगरपालिकाका–३, ४ र ५ नं वडा ३५ किलोमिटर दूरीसम्म पर्छन् ।

    साविकका बर्दिवास, गौरीवास, हाथीलेट, किसाननगर, बिजलपुरा, खयरमारा र पशुपतिनगर (हाल सबै बर्दिवास नगरपालिकामा गाभिएका) एवं भङ्गाहा गाविस (हाल भङ्गाहा नगरपालिकाका वडा नं ३, ४ र ५) मा सेवा दिने उद्देश्यले विसं २०७२ साउनमा मालपोत कार्यालय बर्दिवास स्थापनासँगै सञ्चालन गरिएको हो ।

    विश्वसनीयता र चुस्त अभिलेखका लागि सुरु गरिएको ‘अनलाइन’ सेवा प्रभावकारी बनाउन तत्काल दरबन्दीअनुसारको जनशक्ति मालपोत विभागले पठाउन पर्ने यस भेगका सेवाग्राहीले माग गरेका छन् ।

    जिल्ला सदरमुकाम जलेश्वरमा पहिलेदेखि नै रहेको मालपोत कार्यालयको काम पनि कम्प्युटर चलाउने दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । जिल्लाका दुवै (जलेश्वर र बर्दिवासस्थित) मालपोत कार्यालयमा गत भदौ ३० गते अनलाइन सेवा सुरु गरिएको हो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी
  • बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी
  • पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित
  • कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी

      बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी

      पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए

      धरानमा रोकियो मतगणना

      काँग्रेसको गढमा एमाले विजयी

      कालिकामाई ५ काे वडाध्यक्षमा जसपाका कुर्मी विजयी

      बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी

      बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी

      News

      बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी

      News

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      News

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      News

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑