• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    लैङ्गिक हिंसाका उजूरीकर्ता महिला, पीडित पुरुष !

  • वीरगंज संजाल
  • ९ आश्विन २०७६, बिहीबार ०८:१२
  • १४३१

    Shares

    रोल्पा : गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो । उजुरी थियो – ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिएका हुन् । महिला तथा बालबालिकाको मात्रै उजूरी हेर्दैआएको महिला सेल अचम्ममा प¥यो । उजूरी दर्ता गर्ने कि नगर्ने ? उजूरी दर्ता गरौं महिला तथा बालबालिकाको हैन ।

    दर्ता नगरौं लैङ्गिक हिंसामा पर्ने पीडितको उजूरी छ । अन्ततः सेलले उक्त उजूरी दर्ता ग-यो । उजूरी बमोजिम दुबै पक्ष झिकाई छलफल चलायो । छलफल गहिराइमा पुग्दै जाँदा भानवहादुरले विदेशबाट दुःख गरेर पठाएको पैसा श्रीमतीले दुरुपयोग गरेको र परपुरुषसँग सम्बन्ध राखेको निष्कर्ष निकालियो । उक्त उजूरीको छिनोफानो जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलले गर्न नसक्ने भएपछि जिल्ला अदातल पठाइएको थियो ।

    रोल्पामा लैङ्गिक हिंसाको यो एक प्रतिनिधि घटना मात्रै हो । आम रुपमा महिलामाथि पुरुषले गर्ने हिंसाको रुपमा लैङ्गिक हिंसालाई चित्रण गरिए पनि पछिल्ला दिन यो मान्यता नै उल्टिन पुगेको छ । यहाँ आउने लैङ्गिक हिंसाको उजूरीमध्ये अधिकांश पुरुष हिंसामा पर्ने गरेको देखिएको छ ।

    “पारिवारिक विवाद पछि महिलाहरु न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा पुग्छन्, घटनाको अनुसन्धान हुँदै जाँदा तिनै महिला नै पीडक देखिने गरेका छन्,” जिप्रका रोल्पाको महिला तथा बालबालिका सेल इञ्चार्ज मीना विकले भने– “एकाध घटना बाहेक हिंसा पीडित भए पनि पुरुष उजूरी गर्न आउँदैनन् । पारिवारिक झगडा भए पछि महिला भने प्रहरीमा आइहाल्छन् । बुझ्दै जाँदा महिला नै पीडक भएका घटना धेरै देखिएका छन् ।”

    जिप्रका महिला तथा बालबालिका सेवा केन्द्रको अभिलेखअनुसार जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा लैङ्गिक हिंसाका ४४ वटा उजूरी परेका थिए । त्यसरी परेका उजूरी सबै मिलापत्रमा टुङ्ग्याइए । आव २०७३/७४ मा ३६ वटा लैङ्गिक हिंसाका उजूरी परेका थिए । आव २०७४/७५ मा यो सङ्ख्या ११ मा झ¥यो भने आव २०७५÷७६ मा लैङ्गिक हिंसाका २२ उजूरी परे ।

    बितेको चार वर्षमा जिप्रका रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा लैङ्गिक हिंसाका ११३ वटा उजूरी परेको अभिलेखिकरण गरिएको छ । यी सबै महिला पीडित भएर दिएका उजूरी हुन् । खान लाउन नदिएको, कुटपिट गरेको, विदेशबाट पैसा नपठाएको जस्ता आरोप लगाएर लेखिएका यस्ता उजूरीको सत्यतथ्य पत्ता लगाउँदै जाँदा उल्टै पुरुष पीडित हुने गरेको देखियो,” सेल इञ्चार्ज विकले भने । उनका अनुसार पछिल्लो पटक पुरुष पीडित रहेका घटना बढ्दै गएको छ ।

    सामाजिक सञ्जाल र टेलिफोनको दुरुपयोग यस प्रवृत्तिको कारक माने जिप्रका रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङ । “अज्ञात र अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमार्फत जोडेको सम्बन्धले महिलाहरु श्रीमान्सँग टाढिँदै जाने गरेको देखिएको छ,” गुरुङले भने । उनका अनुसार जिल्लावासी अत्यधिक मात्रामा वैदेशिक रोजगारी गएका कारण पनि यो समस्या आएको हुनसक्छ । “सामाजिक र पारिवारिक विग्रहको कारक बन्दै गएको सामाजिक सञ्जालले पुरुषलाई समेत हिंसा पीडित बनायो,” प्रनाउ गुरुङले भने । हिंसा पीडित भए पनि पुरुष हत्पत न्याय माग्न जाँदैनन् । महिला नै हिंसा पीडित भए भने उजूरी गर्न आउने गरेको गुरुङको अनुभव छ ।

    महिला अधिकारकर्मी श्रीकुमारी रोका भने पुरुष हिंसा बढ्नुमा पुरुष नै दोषी रहेको देखे । “घरमा श्रीमान् नभएकाहरुलाई सहयोग गर्ने नाममा पुरुषहरुले अनैतिक सम्बन्ध गाँस्ने गरेको देखिन्छ,” रोकाले भने – “सामान्य सहयोगबाट शुरु भएको सम्बन्ध प्रगाढ बन्दै जाँदा छुट्टिनै नसक्ने अवस्थामा पुगेर परिवारै तहसनहस हुने गरेको छ ।” अधिकाँश महिला श्रीमान्को सहयोगमा नै सामाजिक सञ्जाल प्रयोग गर्न सिक्छन् । “विदेशमा रहेका श्रीमान्सँग टेलिफोनमा कुराकानी गर्दा धेरै पैसा खर्च पर्ने भएपछि पुरुषले नै सामाजिक सञ्जाल प्रयोग गर्न प्रोत्साहित गर्छन्,” रोकाले भने– “श्रीमान्सँग कुराकानी गर्न खोलिएका सामाजिक सञ्जाल विस्तारै परपुरुषसँग सम्बन्ध स्थापित गर्ने माध्यम बन्दै जाँदा यस्तो समस्या निम्तिएको हो ।”

    जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेखमा जिल्लाका करीब ४९ हजार युवा रोजगारीको सिलसिलामा कतार, साउदी अरब, दुबई जस्ता खाडी मुलुक, मलेसिया तथा अन्य देशमा गएको देखिन्छ । विवाहित पुरुषको अनुपस्थितिमा धेरैको परिवार नै विखण्डनको चपेटामा परेको देख्न सकिन्छ । वैदेशिक रोजगारीबाट भित्रिएको विप्रेषणको सही व्यवस्थापन गर्नुको साटो दुरुपयोग हुने क्रम बढेपछि यस्ता समस्या देखिएको जानकारहरु बताउँछन् । विप्रेषण स्वरुप आएको पैसाको आडमा गरिने बसाइसराइले समेत पारिवारिक विखण्डनलाई बल मिलेको घटनाहरु देखिन थालेका छन् । (रासस)

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल
  • चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी
  • रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ
  • धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

    प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

    अब कागजबाट मोबाइल चार्ज हुने

    वैज्ञानिकले भ्यागुतोबाट बनाए नयाँ रोबोट

    यी देशका भिखारी डिजिटल पेमेन्टमा कारोवार गर्छन् !

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

    अब कागजबाट मोबाइल चार्ज हुने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    News

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    News

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    News

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

    News

    प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑