• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगंजका मदिरा ब्यपारी ओमप्रकाश र शम्भुशरणलाई ३१ करोड ६३ लाख जरिवाना साथै १ वर्ष कैद

  • वीरगंज संजाल
  • ८ आश्विन २०७६, बुधबार १४:५३
  • ६७१७

    वीरगंज । आन्तरिक राजस्व कार्यालय वीरगंजले मदिराको बोतलमा प्रयोग गरिने अन्तःशुल्कको स्टीकर हिनामिना गरेको अभियोगमा पक्राउ परेका दुईजना सञ्चालकको विषयमा मंगलबार फैसला गरेको छ ।

    फैसलमा दुवै सञ्चालकसँग कुल ३१ करोड ६३ लाख ३० हजार ८० रुपियाँ (बिगो, जरिवाना र विलम्ब शुल्क) असुल उपर गर्नुको साथै १–१ वर्ष कैद सजायको फैसला भएको हो ।

    वीरगंज–२४ रामगढवामा सञ्चालित उदयपुर डिस्टिलरी प्रालिका सञ्चालक ओमप्रकाश कलवार र पर्साको पोखरिया नगरपालिकाको बसतपुरमा सञ्चालित जयश्री धौलागिरिका सञ्चालक शम्भुशरण कलवारको मुद्दाको सवालमा फैसला गरेको हो ।

    कार्यालयले दुवै मदिरा उद्योगका सञ्चालकले अन्तःशुल्क ऐन २०५८ को दफा १६ को उपदफा १ (क) र दफा १६ को उपदफा २ (ख) बमोजिमको कसूर गरी अन्तःशुल्क राजस्व दबाएको, छिपाएको, छलेको हुँदँ बिगो, जरिवाना, विलम्ब शुल्क माग गर्दै १–१ वर्ष कैद सजाय ठहर भएको कार्यालयका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले बताए ।

    उदयपुरका सञ्चालक ओमप्रकाशसँग आर्थिक वर्ष ०७१ र ०७२, आव ०७३र०७४ र आव ०७४ र ०७५ मा अन्तःशुल्कको स्टीकर खरीद गरेर लगेको, त्यसको आम्दानी खातामा जनाएको, आम्दानी खातामा प्रत्येक दिनको खर्च र मौज्दातको विवरण जनाएको, स्टिकर अल्या गर्दा अर्थात् जिम्मेवारी सार्दा जानाजानी बदनियतपूर्वक कम सङ्ख्यामा अल्या गरेको, उत्पादित मदिरा श्रीराम टेड्रिङ कन्सर्न प्रालिको नक्कली दोहोरोरतेहरो कर बिजक जारी गरी बिक्री

    गरेको बेहोर पुष्टि भएको हुँदँ आन्तरिक राजस्व कार्यालय, वीरगंजले बिगो, जरिवाना र विलम्ब शुल्क जोडेर जम्मा २६ करोड १५ लाख ७० हजार ३ सय ४७ रुपियाँ असुल गर्नुको साथै एक वर्ष कैद फैसला गरेको छ भने जयश्री धौलागिरिका सञ्चालक तथा ओमप्रकाशका दाइ शम्भुशरण कलवारसँग बिगो, जरिवाना र विलम्ब शुल्क गरी कुल ५ करोड ४७ लाख ५९ हजार ७ सय ३३ रुपियाँ असुल गर्नुको साथै १ वर्ष कैद सजाय फैसला गरेको आजको प्रतिकमा समाचार छ ।

    शम्भुशरणले आव २०७४र०७५ मा ३ लाख ६० हजार अन्तःशुल्कको स्टिकर हिनामिना गरेको अभियोग लगाइएको छ । शम्भुलाई पनि ओमप्रकाशकै ऐन अनुसार कारबाई गरिएको कार्यालयका प्रमुख कोइरालाले बताए ।

    दुवैले ऐन अनुसार बिगो, जरिवाना र विलम्ब शुल्क नबुझाए मुलुकी फौजदारी संहिता २०७४ को दफा १६४(२) बमोजिम जायजेथा गरी असुल उपर गर्नू, जायजेथा गर्दा पनि असुल नभएमा सोही एनेको दफा १६४ को उपदफा ५ बमोजिम ७ वर्ष कैद सजय हुने फैसला उल्लेख छ ।

    कार्यालयको फैसलामा चित्त नबुझे ३५ दिनभित्र राजस्व न्यायाधिकरण अनामनगर काठमाडौमा पुनरावेदन गर्न जानू पनि फैसलामा जनाइएको छ ।

    यसैगरी कार्यालयले दुवै मदिरा उद्योगमा खटेका आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूले आप्mनो जिम्मेवारी ठीक किसिमले पूरा नगरेकोले विभागीय कारबाई गर्ने जनाएको छ । कारबाईमा पर्ने कर्मचारीहरूमा नासु निशा सर्राफ, प्रकाश राईं, अनिलकुमार झा र राजनप्रसाद घिमिरे रहेका छन् ।yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑