आज:
  • होमपेज / जीवनशैली

    क्षयरोग केन्द्रमा सीआईबीको छापा

  • वीरगंज संजाल
  • ८ आश्विन २०७६, बुधबार ०९:२८
  • ८१८९

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सार्कस्तरीय कार्यालय ‘सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र’ ठिमीमा सोमबार छापा मारेको छ ।

    त्यहाँ कार्यरत उपसचिव कृष्णबहादुर बस्नेतका शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंकाका कारण छापा मारिएको सीआबी टोलीले जानकारी दिएको छ ।

    एसएलसीभन्दा माथिका सबै तहका प्रमाणपत्र नक्कली भएको र सोही कागजातका आधारमा प्रशासन प्रमुखको हैसियतमा पदोन्नति भई उपसचिवसरहको प्रशासन प्रमुख बनेका दोलखा फस्कुका बस्नेतका सम्बन्धमा यसअघि नै नेपाल समाचारपत्रलगायतका मिडियामा समाचार प्रकाशित भइसकेको थियो ।

    सीआईबीको टोली केन्द्रमा छापा मार्न आएपछि उनीहरूको निजी नम्बर प्लेटको स्कर्पियो गाडीलाई केन्द्रको मूल प्रवेशद्वारमै रोक्न लगाएर आरोपित बस्नेत लुकेका र टोलीलाई रोक्न केन्द्रकी अर्की अधिकृत मीना ढकाल आफैँ गेटमा पुगेको समेत स्रोतले जानकारी दिएको छ ।

    करिब आधा घण्टाको रस्साकस्सीपछि सीआईबीको टोलीले महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी भ्यान बोलाएपछि केन्द्रको मूल प्रवेशद्वार खोलिएको थिमी प्रहरी स्रोतले जनाएको छ ।

    बस्नेतका प्रमाणपत्र नक्कली भएको प्रमाणका साथ सोही कार्यालयका कर्मचारीहरूले सीआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, परराष्ट्र मन्त्रालय, सार्क सचिवालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा निवेदन दिएका थिए ।

    सीआईबीको टोलीले बस्नेतलाई जोगाउन ‘पावर’ प्रयोग गर्ने परराष्ट्र मन्त्रालयका एक सहसचिव र सार्क सचिवालयका कर्मचारीलाई पनि छानबिनको दायरामा ल्याउने टोलीले जानकारी दिएको छ । सीआईबी टोलीमा प्रहरी निरीक्षक वसन्त आचार्यसहित तीन सदस्य रहेका थिए ।

    आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑