• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    विमानको गतिले उछिनिसकेको ध्वनिको गतिबारे माथापच्ची

  • वीरगंज संजाल
  • ८ आश्विन २०७६, बुधबार ०६:०६
  • ७०७१

    तीन चार दिन पहिलाको कुरा हो, भारतीय चन्द्रयान-२ को ‘ल्यान्डिंग’बारे एउटा लेखमा गतिका विषयसम्बन्धी सामान्य चर्चा  गरेको थिए । “ल्याण्डर विक्रम ओर्लिने बेलामा पहिला २०० मिटर प्रति सेकेण्डको गतिले संचालित हुन्छ, अर्थात ५ सेकेण्डमा १ किमी, भनौं १ घण्टामा १२ किमि ।” र, यस गतिले यसलाई प्रारम्भिक २९ किमिको दूरी पार गर्न १४५ सेकेण्डको समय लाग्छ ।

    यसैगरी बाँकी रहेको ६ किमिको दूरी पार गर्न, गति अति कम अर्थात ” २ मिटर प्रति सेकेण्डमा सीमित राख्नुपर्छ।२ मिटर प्रति सेकेण्डले १ किमी दूरी तय गर्न विक्रमलाई ५०० सेकेण्डको समय लाग्छ । हिसाब गर्दा अंतिमको ६ किमि दूरी पार गरेर चन्द्रमाको धरातल टेक्न चन्द्रयान-२ लाई ६ किमि * ५०० सेकेण्ड = ३००० सेकेण्ड अर्थात ५० मिनटको समय लाग्छ ।” यो ‘ल्याण्ड’ गर्नुभन्दा पहिलाको गणितीय अनुमान हो ।

    यो लेख तपाईंका आँखा सामुबाट  गुज्रिनुभन्दा केही घण्टा पूर्व नै विक्रमको ‘ल्यान्डिंग’ भएर वास्तविक तथ्यांक  आइसकेका  हुन्छन् ।

    वास्तवमा यस लेखको केंद्रबिन्दू चन्द्रयान वा ‘मून ल्यान्डिंग’ नभएर  गति विषयक हो ।अतएव  वास्तविक ‘ल्यान्डिंग डाटा’ र पूर्वको अनुमानित डाटामा केही सामान्य फरक आए पनि यस लेखसंग त्यसको खासै तारतम्य छैन । यो  साइन्सको ‘पपुलर’ श्रेणीको एउटा रोचक लेख लेख्ने चेष्टा हो, हेरौं  कतिको सफलता पाइन्छ ? चन्द्रयानको चर्चा विषय उठानका सन्दर्भमा मात्रै गरिएको हो ।

    माथि वर्णित लेख कै कुनै  ठाउँमा  चन्द्रयान विक्रमले २ किमि प्रति सेकेण्डको गतिले परिक्रमा गरिरहेको प्रसंग उल्लेख भएको थियो । । २ किमि प्रति सेकेण्ड अर्थात १ मिनटमा १२० किमि अथवा १ घण्टामा  ७२०० किमि । यो गति भनेको हाम्रा व्यवसायिक विमानको गतिभन्दा अत्यधिक गति हो । व्यावसायिक विमानको गति सामान्तया ८००-१००० किमि प्रति घण्टा मै सीमित हुन्छ । हामी सामान्य मानिसलाई यो भन्दा बढ़ी गतिले यात्रा गर्ने अवसर प्राप्त भएको छैन ।

    उपर्युक्त वर्णित  लेख पढेर एकजना पाठकले सोधे, के हाम्रा विमानको सर्वाधिक गति यति नै (८००-१००० ) हो, अथवा संसारमा यो भन्दा बढ़ी गतिले उड़ने विमान प्रचलनमा छन् ?
    प्रश्न मलाई पनि रमाइलो लाग्यो, म यसको जानकारी बटुल्नतिर लागे । परिणाम यस्तो आयो >>>

    हेर्नुस् प्रकाशको गतिबारे चर्चा गर्नु भौतिक विज्ञानको अनिवार्यता हो, तर तपाईं हाम्रो स्तरमा बुद्धिविलास मात्रै हो । २९ करोड़, ९७ लाख, ९२ हज़ार, ४ सय, ५८ मिटर प्रति सेकेण्डको गति… भैगौ छाँड़िदिऔं, सात अर्ब मध्ये ९० प्रतिशत मानिसले आफ्नो जीवनकालमा यतिका कागजी नोट त  देख्न पाउँदैन ! यतिको गतिबारे चर्चा ‘किम कारण उधौ !!’

    भौतिक विज्ञानले आफूले  आर्जित गरेको गतिको तुलना  ध्वनिको गतिसंग गर्ने गरेको छ । अचम्म न मान्नु होला, यो जुन ध्वनि हुन्छ नि,चाहे जस्तो सुकै होस्, गीतको होस् व गालीको, रुदनको होस अथवा तालीको !   मौसममाथि निर्भर गर्छ ।   गर्मीमा छिट्टै  हिँड्छ तर जाड़ोमा भने यसको पनि गति तपाईंको गति केही सुस्तरी भएजस्तै अलिक ढिला हुन्छ । ध्वनिको गति, ‘तापमानअनुसार’ घटबढ़ भइरहन्छ । ध्वनिबारे बृहद चर्चा अर्को कुनै प्रसंगमा मौका मिल्यो भने गरौंला, अहिलेको चर्चा यसको गति मै सीमित राख्छु ।

    मानीलिनुस् तपाईंको वरिपरिको तापक्रम २० डिग्री सेल्सियस छ, यतिखेर तपाईंले  गरेको कुनै पनि ध्वनि, तपाईंको प्रेमिकासम्म  ३४३ मिटर प्रति सेकेण्डको गतिले पुग्छ । अब अर्को परिस्थितिको कल्पना गर्नुस्, तपाईंको वरिपरिको तापक्रम जीरो डिग्री सेल्सियस छ, यस अवस्थामा तपाईंले गरेको उच्चारणको ध्वनि तपाईंको प्रेमिकाको कानसम्म पुग्न १२ दशमलब ५ मिटर कम गतिले पुग्छ अर्थात् जीरो डिग्री तापक्रममा ध्वनिको गति ३३० दशमलब ५  मिटर प्रति सेकेण्ड मात्रै हुन्छ । तपाईंलाई विश्वास गर्न अप्ठेरो लागे पनि यो विज्ञानले प्रतिपादित गरेको सत्य र तथ्य हो ।
    यसका सँगै यो पनि प्रमाणित कुरा हो, ध्वनिको गति हावा भन्दा द्रव पदार्थ  ( liquids) र ठोस पदार्थ  (solids) मा कैयौं गुना बढ़ी हुन्छ । ध्वनि हावाभन्दा द्रव पदार्थमा ४ गुना बढ़ी र ठोस पदार्थमा १५ गुना बढ़ी गतिले सञ्चारित  हुन्छ ।

    सामान्यता २० डिग्री सेल्सियस तापमान भएको हावामा उड्ने विमानको गति  ध्वनिको सापेक्ष  मापन गरिन्छ । यस परिस्थितिमा ध्वनिको गति ३४३ मिटर प्रति सेकेण्ड अथवा ११२५ फिट प्रति सेकेण्ड  अथवा १२३५ किमि प्रति घण्टा अथवा ७६७ माइल प्रति घण्टा  हुन्छ । अझ स्पष्टसंग बुझ्नुस् – ध्वनिलाई २० डिग्री सेल्सियस तापमानमा १ किमिको गति गर्न झन्डै २ दश्मलब ९२  सेकेण्डको लाग्छ।  १ माइल दूरी तय गर्न भने झन्डै ४ दश्मलब ७ सेकेण्डको समय लाग्छ ।

    भौतिक विज्ञानको भाषामा ३४३ मिटर प्रति सेकेण्डको गतिलाइ १ ‘म्याक’ (mach)  भन्ने गरिन्छ । ‘ऐरोडायनमिक्स’ ले विमान को गति मापन ‘ म्याक’  नंबरले गर्छ ।  कुनै विमान कंपनीले आफ्नो विमानको गति ज़ीरो दशमलब ६५ ‘ म्याक ‘  भन्छ भने यस विमानको गति ध्वनिको गतिको ६५ प्रतिशत मात्रै हो । कसैले ज़ीरो  दशमलब ९० ‘म्याक’  भन्छ भने विमान को गति ध्वनि को गति को ९० प्रतिशत हो ।

    शून्य दशमलब  ८० भन्दा कम  ‘म्याक’  नंबर भएका विमान ‘सबसोनिक’ श्रेणीमा आउछन् । नॉटस  (knots) मा यसलाई ५३० नॉट्स प्रति घण्टा  भनिन्छ, माइलमा यो गति भनेको ६०९ माइल प्रति घण्टा हो र किमिमा यो गति ९८० किमि प्रति घण्टा हो । तपाईंलाई मिटर प्रति  सेकेण्डमा पनि यो गति जान्न मन लाग्यो होला । यो भनेको २७३ मिटर प्रति सेकेण्ड हो ।

    शून्य दशमलब  ८० देखि १ दशमलब ३०  ‘म्याक’  नंबर भएका विमान ‘ट्रांसोनिक’ (transonic) वर्गमा राखिएका छन् । यस वर्गका विमान ५३० देखि ७९४ नॉट्स प्रति घण्टा वा ९८० देखि १४७० किमि प्रति घण्टासम्म उड्न सक्छन् । यो गति भनेको २७३ देखि ४०९ मिटर प्रति सेकेण्डसम्मको गति हो ।  याद गर्नुस् ध्वनिको गतिको सीमा विमान गतिले उछिनिसक्यो ।

    यात्रा अझै बाँकी छ ।१ दशमलब ३० देखि ५ ‘म्याक’  नंबर भएका विमानलाई  ‘सुपरसोनिक’ (supersonic) भनिन्छ । यो भनेको ध्वनिभन्दा ५गुणा बढ़ी गति हो । यस श्रेणीअन्तर्गत गति ६१७५ किमि प्रति घण्टा हुन जान्छ।

    हेर्नु भयो ५ ‘म्याक’  नंबरले पनि २ किमि प्रति सेकेण्डको गति छुन सकेको छैन ।

    ५ देखि १० ‘म्याक’ नंबरलाइ ‘हाइपरसोनिक’ (hypersonic) भनिन्छ । १० देखि २५ ‘म्याक’  नंबरलाई ‘हाई हाइपरसोनिक’ (high  hypersonic) नामाकरण गरिएको छ ।

    विकिपीडियाका अनुसार  नासाको  एक्स-४३ सबैभन्दा बढ़ी ‘म्याक’  नंबर भएको ‘एयरक्राफ्ट’ हो । यसलाई ९ दशमलब ६ ‘म्याक’  नंबरको ‘एयरक्राफ्ट’ भनिएको छ । यो भनेको झन्डै ११८५० किमि प्रति  घण्टाको गति हुन आउछ । भनौ १ मिनटमा १९७ दशलमभ ५  किमि अथवा १ सेकंडमा  ३ दशलमभ २९  किमि । तर के तपाईंलाई थाहा छ, पृथ्वी भन्दा झन्डै ४०० किमिमाथि रहेका जुनसुकै   वस्तु झन्डै ७ किमि प्रति सेकेण्डका गतिले घुमिरहेका हुन्छन् ।यी वस्तुले त्यो गति पृथ्वीको गुरुत्वाकर्षण बलले गर्दा पाएका हुन्छन् ।

    विश्वका सर्वाधिक गति भएका विमान हेर्नुस्

    sukhoi –  27  flanker


    यस रुसी लड़ाकू विमानको गति २ पॉइंट ३५ म्याक रहेको थियो ।

    general  dynamics  f -111  aardvark


    यस अमेरिकन  बमवर्षक विमानको गति २ पॉइंट ५ म्याकसम्म रहेको छ।

    mc  donnell  douglas  f -15  eagle ,


    अमेरिकन एयरफोर्समा सम्मिलित रहेको यस f -15 को गति २ पॉइंट ५ म्याक भन्दा बढ़ी छ ।

    mikoyan  mig -31  foxhound

    २ पॉइंट ८३ म्याकसम्मको गति रहेको मिग -३१ रुसी ‘इंटटसेप्टर एयरक्राफ्ट ‘हो ।

    Xb -70  valkyrie


    ६ वटा इंजन रहेको xb -70  को निर्माण रुसी ‘इंटरसेप्टर मिग-३१’ को प्रतिष्पर्धामा भएको थियो ।२ लाख ४० हज़ार किलोग्राम को ‘पेलोड’ बोकेर उडनसकने यस विमानको गति ३ म्याक रहेको छ ।

    bell  x  starbuster

    यस युध्दक विमानको गति ३ पॉइंट १९६ म्याक रहेको थियो ।

    mikoyan  mig -25  foxbat


    यस रुसी लड़ाकू विमानको क्षमता ३ पॉइंट २ म्याक गतिले उड़ने रहेको थियो ।

    lockheed  yf -12


    यस अमेरिकन ‘इंटरसेप्टर’ विमानको गति ३ पॉइंट ३५ म्याक थियो। अमेरिकाले जम्मा तीनवटा yf -१२ विमान बनाएको थियो ।

    lockheed  SR -71  blackbird

    अमेरिका ले yf -१२ को परिमार्जित रुपमा SR -७१ विमान बनाएको थियो। जम्मा ३० वटा निर्माण गरिएका यस विमानको क्षमता ८५ हज़ार फिटमाथि ३ पॉइंट ३५ म्याक भन्दा बढ़ी गतिले उड़ने रहेको थियो ।

    north american  x -१५

    सबैभन्दा तीव्र गतिले उड़ने विमानको अग्रपंक्ति ओगटेको x -१५ ले ६ पॉइंट ७ म्याक गतिले उड़न भरछ । आकाशमा सबैभन्दा माथि ,१०० किमी सम्मको उचाईमा पुगेको यस विमानको विश्व रेकार्ड अझै कायम छ ।

    र अन्त्यमा, x -43 A


    नासाको x -43 A  सबैभन्दा बढ़ी गतिले उडेको मानवरहित विमान हो । ‘टेस्टिंग फ्लाइट’ का क्रममा यसले ९ पॉइंट ६ म्याक गतिले उड़ने सफलता पाएको थियो ।

    सबै तस्विर: इन्टरनेटका विभिन्न साइटहरु

    #supersonic#high hypersonic#hypersonic#transonic#विमान#ध्वनि#गति#चन्द्रयान–२

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑