• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खरिदारदेखि सहसचिवसम्म २० हजार पदमा विज्ञापन गर्ने लोकसेवाको तयारी

  • वीरगंज संजाल
  • ७ आश्विन २०७६, मंगलवार २१:०५
  • ५०३५

    काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सेवा र समूमा करिव २० हजार कर्मचारी रिक्त रहेको जानकारी लोकसेवा आयोगलाई पठाएपछि यी पदहरुमा लोकसेवा आयोगले विज्ञापन गर्ने तयारी गरेको छ । लामो समयदेखि धेरै संख्यामा विज्ञापन ननिकालेकोले आयोगले पछिल्लोपटक निकालेको विज्ञापन विवादमा परेको थियो ।

    संघीय मामला तथा संघीय मामला मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालका अनुसार रिक्त रहेका र ओएनएम गरी सिर्जना गरिएका नयाँ पदहरुसमेत जोडेर आयोगलाई पठाईएको छ ।

    सरकारले विभिन्न मन्त्रालयका आयेजनाहरुका लागि करिव पाँच हजार अस्थायी दरवन्दी एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ । यी दरवन्दी भने नियमित पदहरु नभएकोले आयोगमा नपठाएको जानकारी मन्त्रालयले दिएको छ ।

    आयोगले माघको अन्तिम साताभित्र ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पु-याएका बताएको छ ।

    आयोगका सचिव आनन्दराज ढकालले आफू भर्खरै आयोगमा सरुवा भई आएकाले यस विषयमा अध्ययन गरेर आवश्यक प्रकृया अगाडी बढाउने जानकारी दिए । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले आयोगले नियमित प्रकृया अन्तर्गत आयोगको क्यालेण्डर अनुसार काम गरिरहेको बताए । आयोगका अनुसार १७५ उपसचिव र १०० सहसचिव पद लगायत सबै समूह र श्रेणी गरी २० हजारको हाराहारीमा विज्ञापन गर्ने तयारी भईरहेको छ ।

    सूचना अधिकारी सुवेदीले संख्याको एकिन भईनसके पनि विगत वर्षहरुभन्दा यो वर्ष ठूलो संख्यामा विज्ञापन हुने जानकारी दिए ।

    सो कार्ययोजनाअनुसार प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिव स्तरसम्ममा नै लोकसेवा खुल्ने निश्चित भएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष गरेको प्रक्षेपणअनुसार १४ हजार पदमा लोकसेवा खुलाउने गरी आयोगलाई पत्रचार गरेकोमा यो वर्ष थप भई २० हजारको हारहारीमा पुगेको बताईन्छ ।

    केन्द्रीय सरकारले रिक्त कर्मचारी दरबन्दीको प्रक्षेपण गर्दा समायोजनपछि संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने दरबन्दीको छुट्टाछुट्टै प्रारूप तयार पार्नेछ । यसका लागि संघ, प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दी र समायोजन भएर जाने सम्भावित दरबन्दीको विश्लेषण गरी रिक्त हुने दरबन्दीको प्रक्षेपण गरिने मन्त्रालयले जनाएको छ । स्थानीय तह र प्रदेश तहमा कर्मचारी नियुक्ति सम्बन्धी कानुनी व्यवस्था नहुँदा लोकसेवा आयोगले यो वर्ष ठूलो संख्यामा विज्ञापन गर्ने तयारी गरेको हो । स्थानीय तह र प्रदेश सरकारले कर्मचारीको नियुक्ति सम्बन्धी कानुनी व्यवस्था गरेपछि आयोगको काम कम हुँदै जाने बताईन्छ ।

    संघीय मामिला मन्त्रालयका अनुसार यस अवधिमा संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनजस्ता कानुनसमेत बनाउने प्रक्रिया अगाडी बढेको छ । साथै कतिपय प्रदेशले प्रदेश लोकसेवा आयोग गठन गरिसकेका छन् भने कतिपय गठनको प्रकृयामा छन् ।

    प्रदेश लोकसेवा आयोग गठन भएपछि भने प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको पदपूर्ति प्रदेश लोकसेवा आयोगले गर्नेछ । केन्द्रीय लोकसेवा आयोगले भने संघीय सरकार र यसअन्तर्गत रहने कार्यालयका लागि मात्रै कर्मचारीको पदपूर्ति गर्ने संवैधानिक व्यवस्था छ ।

    सरकारले समायोजन प्रक्रिया समयमै नसक्दा र रिक्त दरबन्दीको निक्र्योल गर्न नसक्दा लोकसेवा आयोगले यस वर्ष सञ्चालन गर्ने विभिन्न तहको परीक्षा र विज्ञापन प्रकाशन कार्यतालिका प्रभावित हुँदै आएको छ । लोकसेवाले गत वर्ष विज्ञापनको तयारी गरेपनि सरकारको लिखित आग्रहमा परिक्षा तालिका सार्दै आएको थियो । सरकारले कर्मचारी समायोजनका कारण रिक्त दरबन्दी विवरण पठाउन नसकेपछि लोकसेवाले मंसिर अन्तिम साता पनि प्रशासन, इन्जिनियरिङ, स्वास्थ्य, कृषि, प्राविधिक पदमा ठूलो संख्यामा विज्ञापन गर्न सकेको थिएन । जसका कारणले सरकासँग आयोग रुष्ट हुँदै आएको थियो ।

    समयमै कर्मचारी समायोजन थालेर रिक्त दरबन्दीको प्रक्षेपण गर्न लोकसेवाले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । वार्षिक झन्डै ८ लाख युवायुवतीहरु लोकसेवाको नियमित तयारीमा रहने भन्दै आयोगले सरकारलाई छिटो पदपूर्ति प्रक्रिया थाल्न आग्रह गर्दै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑