तातोपानी नाका पुनःबन्द, एक सातापछि मात्रै सञ्चालनमा आउने
वीरगंज संजाल
७ आश्विन २०७६, मंगलवार ०९:४१
५४८३
काठमाडौं । दसैंको लागि चिनियाँ सामग्रीहरु आयत भइरहेको बेला चिनको खासा क्षेत्रमा सडक बिग्रेपछि तातोपानी नाकाको आयत निर्यातको काम रोकिएको छ ।
चिनको रमिते बजार नजिकै सडक भाँसिएपछि चिनियाँ पक्षले त्यसलाई मर्मत गर्न सुरु गरेको छ । सडक ममर्त सुरु गरेपछि दसैंको लागि लोड भएका कन्टेनरहरु खासा क्षेत्रमा नै रोकिएको छ । सडक ममर्त गर्न एक साता बढी लाग्ने चिनियाँहरुले जानकारी गराएपछि तातोपानी नाका अहिले सुनसान छ ।
भुकम्पपछि बन्द रहेको तातोपानी नाका गएको जेठदेखि सञ्चालन भएको थियो । नाका सुरु भएपछि केही महिना सुनसान जस्तै देखिए पनि दसैंमा कारोबार बढ्ने यस क्षेत्रका व्यापारीहरुले विश्वास गरे पनि दशैंको मुखमानै सडक बिग्रीएपछि व्यापारीहरु मारमा परेका छन् ।
वर्षाको पानीले सडक धेरै ठाउँमा भासिएपछि चिनियाँ पक्षले ममर्त सुरु गरेको स्थानीय व्यापारी निमा शेर्पाले जानकारी दिए ।
आजको राजधानी दैनिकमा दिनेश थापाले यो समाचार लेखेका छन् ।