एजेन्सी : केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको छ । साथै ५७ जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।
घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन् । स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको हो ।