• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  कर्णाली

    महिलाले जन्माइन् तीन छोरी, आमा र शिशुको अवस्था जोखिममा

  • वीरगंज संजाल
  • Sep 23, 2019, 11:28 pm
  • १०८२१

    दार्चुला : नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले तीन छोरी जन्माएकि छिन्। आज बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूति गृह (बर्थिङ सेन्टर) मा बच्चा जन्मिएका हुन् ।

    तेस्रो सन्तानको रूपमा गर्भवती बनेकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले बताइन्। कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महीना अघि नै तीन बच्चा जन्माएकी हुन्।

    यसअघि धामीका एक, छ र अर्को तीन वर्षका छोरी छन् । नौगाड सुरक्षित प्रसूति गृहमा तीन बच्चा जन्मिएको यो पहिलो घटना हो । तीनै छोरीको तौल औसतमा कमी छ । पहिलो पटक जन्मिएकी छोरीको दुई किलोग्राम र दुई छोरीको एक किलो २०० ग्राम मात्र तौल रहेको ठगुन्नाले बताइन्।

    औसतमा बच्चा जन्मिदा दुई दशमलव पाँच किलोग्राम तौल हुने गर्छ । अहिलेसम्म आमा र शिशुको अवस्था सामान्य रहे पनि जोखिम भने रहेको स्वास्थ्यर्कीको भनाइ छ । कम तौल तथा समय अगावै बच्चा पाएका कारण स्वास्थ्य जोखिममा रहेको अनमी ठगुन्नाले बताइन्।

    दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा समस्या भएको अनमी ठगुन्नाले बताउनुभयो । यस्तै अक्सिजन मेसिनसमेत छैन । चौबीसै घण्टा प्रसूति सेवा भए पनि उपकरण अभावमा समस्या भएको उनले बताइन्। अहिलेसम्म आमा र शिशुको ज्यान जोगिएको छ, तर थप उपकरण नहुँदा समस्या भएको छ ।

    सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको भए पनि परिवारले आर्थिक अभाव देखाउँदै लिएको छैन । महिलाको तल्लो पेट दुख्ने तथा रक्तस्राव नरोकिएका कारण खतरामुक्त नरहेको उनको भनाइ छ।

    “परिवारको आर्थिक अवस्था कमजोर छ, बाहिर लैजान खर्च छैन”, श्रीमान् मानसिंह धामीले भने, “स्वास्थ्यकर्मीले बिहानै बाहिर लैजान भने पनि सकेको छैन, श्रीमती हिँड्न सकेकी छैनन्, केही दिन अघि घर नजिकै लडेकी थिइन् सोही कारण चाँडो बच्चा जन्मिएका हुन् ।”

    अहिले सुत्केरी महिला र नवजात शिशुलाई सुविधा सम्पन्न अस्पताल लैजाने तयारी भइरहेको छ । नौगाड गाउँपालिकाका नायब सुब्बा नरेन्द्रसिंह ठगुन्नाले महिला र नवजात शिशुको थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको बताए।

    सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले सुत्केरी महिलालाई एयर एम्बुलेन्समार्फत धनगढी लैजाने प्रक्रिया बढाएका छन्। – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑